२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा स्वास्थ्य चौकीको भवनका लागि पचास लाखको जग्गा दान

१२ चैत्र २०७४, सोमबार ०६:२८

चैत १२, काभ्रे | बनेपा नगरपालिका–१२ निवासी समाजसेवीद्वय जगन्नाथ केसी र पद्म केसीले स्थानीय महेन्द्रज्योति स्वास्थ्य चौकीको भवनका लागि एक रोपनी चारआना जग्गादान गर्नुभएको छ । 

स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब रु ५० लाख रहेको छ । उहाँहरुले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत स्वास्थ्य चौकीका लागि जग्गादान गर्नुभएको हो । 

उहाँहरुले दान गर्नुभएको जग्गामा नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण एवं उपकरणको सहयोग गरिदिएको छ । 

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जय थापाले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठलाई नवनिर्मित सो भवनको साँचो हालै हस्तान्तरण गर्नुभयो । भवन हन्तान्तरण समारोहमा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाई सहित मेयर श्रेष्ठ र अध्यक्ष थापाले जग्गादाताद्वयलाई विशेष सम्मान गर्नुभएको थियो । 

सम्मानित जगन्नाथ केसीले मानवीय सेवाको सर्वाेच्च संस्थामार्फत मानवीय सेवाका लागि जग्गादान गर्नपाउनु आफ्नो लागि गौरव बनेको चर्चा गर्दै बाँच्नभन्दा बचाउन ठूलो, गर्नभन्दा गराउनु ठूलो रहेको विचार राख्नुभयो । 

महेन्द्रज्योति स्वास्थ्य चौकीका प्रमुख सिनियरअहेव राजेन्द्र फैजुले भवन अपांङ, महिलामैत्री बनेकामा खुशी व्यक्त गर्दै छिट्टै चौकीले प्रयोगशाला, बर्थिङ र टेन्टल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य