2026-06-16 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा स्वास्थ्य चौकीको भवनका लागि पचास लाखको जग्गा दान

2018-03-26

चैत १२, काभ्रे | बनेपा नगरपालिका–१२ निवासी समाजसेवीद्वय जगन्नाथ केसी र पद्म केसीले स्थानीय महेन्द्रज्योति स्वास्थ्य चौकीको भवनका लागि एक रोपनी चारआना जग्गादान गर्नुभएको छ । 

स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब रु ५० लाख रहेको छ । उहाँहरुले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत स्वास्थ्य चौकीका लागि जग्गादान गर्नुभएको हो । 

उहाँहरुले दान गर्नुभएको जग्गामा नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण एवं उपकरणको सहयोग गरिदिएको छ । 

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जय थापाले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठलाई नवनिर्मित सो भवनको साँचो हालै हस्तान्तरण गर्नुभयो । भवन हन्तान्तरण समारोहमा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाई सहित मेयर श्रेष्ठ र अध्यक्ष थापाले जग्गादाताद्वयलाई विशेष सम्मान गर्नुभएको थियो । 

सम्मानित जगन्नाथ केसीले मानवीय सेवाको सर्वाेच्च संस्थामार्फत मानवीय सेवाका लागि जग्गादान गर्नपाउनु आफ्नो लागि गौरव बनेको चर्चा गर्दै बाँच्नभन्दा बचाउन ठूलो, गर्नभन्दा गराउनु ठूलो रहेको विचार राख्नुभयो । 

महेन्द्रज्योति स्वास्थ्य चौकीका प्रमुख सिनियरअहेव राजेन्द्र फैजुले भवन अपांङ, महिलामैत्री बनेकामा खुशी व्यक्त गर्दै छिट्टै चौकीले प्रयोगशाला, बर्थिङ र टेन्टल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ