२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको चिसापानीगढी चराको उत्कृष्ट वासस्थान

१२ चैत्र २०७४, सोमबार ०८:१०

नारायण ढुङ्गाना/चैत १२, चितवन | चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । 

उक्त क्षेत्र चराका दृष्टिले विश्वकै नमूना रहेको भन्दै चराविद् डा हेमसागर बरालले वर्षांैसम्म नदेखिएका चरासमेत सो क्षेत्रमा पाइएको बताउनुभयो । “सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमै महत्वपूर्ण मानिने चिसापानीगढीको संरक्षण गर्नु जरुरी छ”, डा बरालले भन्नुभयो । 

चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्र सिंराइचुली र उपरदाङगढीको बीचमा पर्छ । नेपालमा पाइने चरामध्ये गढीमा भेटिने ३८ प्रजातिका चरा विश्वकै महत्वपूर्ण र संरक्षित चरा मानिने जानकारी दिंदै उहाँले अहिले सो क्षेत्रलाई ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणा गर्नुपर्ने माग चरा विज्ञहरुले गर्दै आएका बताउनुभयो । 

वर्ड एजुकेशन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा पक्षीविद् वासु बिँडारीले कहीँ नदेखिएका चरा देखिने सम्भावित क्षेत्र चिसापानीगढी रहेको बताउनुभयो । 

काठमाडौँको फुलचोकीमा पाइने चरासमेत यहाँ भेटिन्छन् । करीव ७० वर्षसम्म हराएको सिम्रिककाने लियो सिचला भन्ने चरासमेत यहाँ भेटिएको छ । त्यसैले सो क्षेत्रमा चराको हव बनाउनुपर्ने बिँडारीको भनाइ थियो । 

यस्तै नेपालमा मात्रै पाइने काँडे भ्याकुरका विभिन्न प्रजातिको समेत महत्वपूर्ण वासस्थान यही क्षेत्रमा छ । मुख्यगरी पानीको पर्याप्तता र घना जंगल एवं शान्त वातावरणका कारण यहाँ चराको महत्वपूर्ण वासस्थान बनेको हो । चरा पर्यटनका हिसाबले समेत महत्वपूर्ण भएकाले यहाँ राम्ररी अनुगमन गर्ने हो भने अझ धेरै नयाँ प्रजातिका चरा पाइने दाबी उहाँको थियो । 

यो क्षेत्रमा रुख काट्ने, खन्ने, डढेलो लगाउने, जथाभावी भौतिक संरचना, सडक निर्माण गर्नेजस्ता गतिविधि रोक्नसमेत चरा संरक्षणकर्मीले माग गरेका छन् । गढीकै फेदीमा पर्ने चितवनको कोलारमा रहेको चुनाखानीले चरालाई असर गर्ने भन्दै उनीहरुले खानी रोक्नसमेत माग गरेका छन् । 

चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको वासस्थानका दृष्टिले अति नै महत्वपूर्ण रहेको चिसापानीटार क्षेत्रलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । 

नेपालमा ८८७ प्रजातिका चरामध्ये १६८ प्रजातिका चरा संकटापन्न अवस्थाका छन् । चितवनमा मात्रै ६३६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये करीव ३५० प्रजातिका चरा सो क्षेत्रमा पाइन्छ । विश्वमा ११ हजार प्रजातिका चरा रहेको तथ्यांक छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै