२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आलु खेतीबाट समृद्धि खोतल्दै स्याङ्जा जिमूहाका किसान

२०७४, १२ चैत्र सोमबार ११:३२

तोलाकान्त बगाले/चैत १२, स्याङ्जा | गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् । 

जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । 

“स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु गरेका हौँ” – जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेलले भन्नुभयो । 

व्यक्तिगत रुपमाभन्दा सामूहिकरुपमा व्यवसाय गर्दा सजिलो र उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा समेत महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो । आलुका लागि बलौटे दोमट माटो बढी उपयुक्त हुने भएपनि यहाँको माटो चिम्टयाइलो रातो रहेकाले माटोको सुधारका लागि जिल्ला कृषि विकास कार्यालयमा परीक्षणका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । 

“दश रोपनी जग्गा भाडामा लिएर हामीले आलु लगाएका थियौँ,” अध्यक्ष कँडेलले भन्नुभयो, “आलु खनिसकिएकाले अब खाली रहेको जग्गामध्ये छ रोपनीमा गोलभेँडा र चार रोपनीमा मकैको बीउ उत्पादन गर्ने तयारीमा छौँ ।” 

यही ठाउँमा आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम र जिमूहा कृषि उपज कृषक सहकारी संस्थाले आलुको बीउ उत्पादन गर्दै आएको छ । नमूना नगदे बाली उत्पादन कार्यक्रम अन्तर्गत यहाँका २७४ जना कृषक आवद्ध छन् भने व्यक्ति÷व्यक्तिको कृयाशिलतामा करिब १०० हेक्टर क्षेत्रफलमा आलु खेती गरेको नमूना नगदे बाली उत्पादन कार्यक्रमका उपाध्यक्ष विष्णु गैह्रेले बताउनुभयो । 

उहाँका अनुसार नमूना नगदे बाली उत्पादन कार्यक्रममार्फत राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट मूल बीउ ल्याई त्यस बीउलाई यहाँको हावापानी र माटो अनुसारको गुणस्तरीय उन्नत बीउ बनाइ लगाउने तथा बीउका रुपमा वितरण गर्ने गरिएको छ । 

जिमूहामा विशेष गरी जनकदेव, खुमल, उज्जल, डेजिरलगायत आलुका बीउ उत्पादन गर्ने गरिएको कृषक चतुर्भुज पन्थी बताउनुहुन्छ । यहाँ उत्पादित आलु स्वादका दृष्टिले समेत उत्कृष्ट रहेकाले खरिद गर्न व्यापारी घरमै आउने गरेकाले बिक्रीका लागि समस्या नरहेको स्थानीयवासी बताउँछन् । 

अध्यक्ष कँडेल स्वयंले तीन महिनाको अवधिमा खाने आलु र बीउ आलुको बिक्रीबाटै व्यक्तिगतरुपमा रु सात लाख आम्दानी गरेको बताउनुहुन्छ । आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने उक्त ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको संस्थाले जनाएको छ । 

“बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्नका लागि हामीले भैरहवामा रहेको शति भण्डारमा भण्डारण गर्छौँ” जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका उपाध्यक्ष चक्रपाणी कँडेलले भन्नुभयो, “शीत भण्डारमा भण्डारणका लागि मात्रै प्रतिकिलो रु पाँच र ढुवानी भाडा, लोड अनलोडसहित प्रतिकिलो रु १० खर्च लाग्छ ।” 

गएको याममा संस्थाले भैरहवामा रहेको शीत भण्डारमा २०० मेट्रिक टन आलुको बीउ भण्डारण गरेको थियो । आलु लगाउने बेलामा ल्याइने बीउलाई संस्थाले मुल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ । 

जिमूहामा ब्यवसायिकरुपमा उत्पादित आलुको बीउको बजारीकरणमा सहयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गल्याङ नगरपालिकाले नगरका १० वटै वडामा ३० मेट्रिक टन आलु सहुलियत दरमा वितरण गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने