पढ्न करिब 1 मिनेट लाग्छ

चैत्र १२, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्वर १ को वडा कार्यलयले आफ्नै भवनबाट सेवा प्रवाह सुचारु गरेको छ ।

नव निर्माणधीन भवनको आज वैदिक विधि पुर्बक पुजा आजा गरि सन्धिखर्क नगरपालिकाका प्रमुख कलम प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्क नगरलाइ स्मार्ट सिटीको परि कल्पना गरि नमुना बनाउने गरि काम भैरहेको बताउनु भएको छ । उहाले सन्धिखर्क नगरपालिकालाइ भ्रष्टाचार मुक्त नगर बनाउने अभियानमा आफुहरु लागेको बताउनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत रमेह गौतम, वडा नं २ का वडा अध्यक्ष मोतीजंग रायमाझि, ३ का अध्यक्ष लिलाराम गौतम, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, महिला नेतृ शुसिला बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियो। नव निर्माणाधीन भवनको पंडित जीवराज चुँदालीले वैदिक बिधि पुर्बक पुजाआजा गर्नु भएको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिकाका अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता, सदस्य लक्ष्मण पराजुलीको सञ्चालन र सुमित्रा मुखीयाको स्वागतमा सम्पन्न भएको हो ।