२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको आकाशमा प्याराग्लाइडिङ

२५ पुष २०७२, शनिबार १०:२४

paragliding21पुस २५, पर्बत । पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना बोकेको पर्वत कुश्माको आकाशमा शनिवार दिउँसो प्याराग्लाइडिङ को परिक्षण गरिएको छ । र्याफ्टिङको क्षेत्रमा कहलिएको पवित्र कालीगण्डकी नदी र उर्जाको क्षेत्रमा कहलिएको उर्जा नदी (मोदीखोला) को बीचमा अवस्थित कुशुमपुर अर्थात् कुश्माको आकाशमा यस अघि पनि पटक पटक प्याराग्लाइडिङ हुँदै आएको हो ।

नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, केवुलकार मोडेलको यान्त्रिकले पर्यटकहरुलाई आकर्षण गरिरहेका बेला प्याराग्लाइडिङले समेत पर्वत थप आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । सोहि अनुसार पर्वत जिल्लाको पर्यटन प्रर्वद्धनको लागि शनिवार प्याराग्लाइलिङको सफल परिक्षण गरिएको हो । स्थानीय तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न तथा पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणपछिको प्याराग्लाइडिङको भविष्य पर्वत कुश्मा छ भन्ने सन्देश प्रवाह गर्न कुश्माको आकाशमा युवा संघ नेपाल पर्वतले प्याराग्लाईडिङ गरेको हो । पर्वत उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय पर्वतको अुनमतिमा जिल्लाको कुश्मा न.पा–६ दुर्लुङको सल्यान डाँडाबाट सशस्त्र प्रहरी क्याम्पसम्म प्याराग्लाइडिङ्ग गरिएको संस्थाका अध्यक्ष विमल लामिछानेले बताए । ब्लु स्काइ प्याराग्लाइडिङ्ग पोखराको प्राविधिक सहयोगमा सल्यानको डाँडाबाट प्यराग्यालाइडिङको सम्भाव्यता के कति छ भनी जानकारी लिनको लागि परिक्षण गर्ने उदेश्यले प्याराग्लाइडिङ गरिएको युवा संघ धौलागिसर अञ्चल समन्वय समितिका कोषाध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । जिल्लामा प्याराग्लाइडिङको सम्भावना रहेको तर उडान भरी सकेपछि ल्याण्ड गर्नको लागि अलि समस्या भएको प्याराग्लाइडिङ पाइलटले बताए ।

दुर्लूङ को सल्यानमा रहेको डाँडोमा पनि केहि खाल्टाखुल्टी रहेका कारण पनि अलि उडान भर्न समस्या भएको तर जिल्लामा प्याराग्लाइडिङ गर्नको लागि त्यसको विकास गर्ने हो भने जिल्लामा प्याराग्लाइडिङको लागि सम्भावना रहेको पाइटको अनुभव छ । पोखराको सरङकोटमा प्याराग्लाइडिङको लागि ठाउँनै किटान गरेका कारण पनि सहज भएको तर पर्वतमा ठाउँ उडान भर्नको लागि ठाउँको पहिचान गर्न नसकिएका कारण पनि अलि कठिन भएको उनीहरुको भनाई छ । यदि जिल्लामा प्याग्लाइडिङलाई पर्यटकीय मनोरञ्जनको लागि आवश्यक भौतिक पूर्वधार तथा त्यसको व्यवस्थापनको लागि स्थानिय निकायले पहल गर्ने हो भने सहज भएको उनीहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य