२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को प्रदेश सरकारको कार्ययोजना सार्वजनिक

१३ चैत्र २०७४, मंगलवार ०८:४२

चैत १३, जनकपुरधाम | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना आज सार्वजनिक गर्नुभएको छ । 

कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न लगानीकर्तालाई सहज तरिकाले जग्गा उपलब्ध गराउने उल्लेख छ । 

आर्थिक क्षेत्रमा बन्द, हडताल, चक्काजाम, अवरोधमुक्त क्षेत्र बनाउने, अन्न उत्पादन, तरकारीखेती, माछापालन, फलफूलखेतीलाई प्रोत्साहित गर्दै हरित प्रदेशका रूपमा विकास गर्ने, किसानलाई अन्न भण्डारणका लागि पायक पर्ने स्थानमा चिस्यान घरको निर्माण, साना सिँचाइ तथा ट्युबवेल सिँचाई आयोजनामार्फत सिँचाइतर्फ जोड दिने पनि कार्ययोजनामा उल्लेख छ । 

कार्ययोजनामा माछा उत्पादनमा विशिष्टीकरण गर्दै अर्गानिक माछा जोनका रूपमा विकास गर्ने, कृषि प्रणालीमा आधुनिकीकरण गर्ने, भूमि उपयोगिताका लागि चक्लाबन्दी, चुरे संरक्षण तथा बजार व्यवस्थापन गर्ने, किसानलाई प्राङ्गारिक मल प्रयोगका लागि प्रोत्साहन गर्ने, डेरी, गोलभेँडा क्यापचेप, तरकारी प्रशोधन, जुस प्रशोधनजस्ता उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । 

कार्ययोजनामा सार्वजनिक अरिद प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने कानूनको निर्माण, खरिद प्रणाली तथा भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्रीको मातहतमा एक छुट्टै अनुगमन निकाय स्थापना गरिने उल्लेख छ । 

छोरी बचाउ– छोरी पढाउ अभियान सञ्चालन, दाइजो उन्मूलन, बालविवाह, बोक्सी तथा छुवाछूत निर्मूल गर्ने कानून निर्माण, डोम, चमार, दुसाध र मुसहर शिक्षा योजना कार्यान्वयन, महिला सुरक्षा डेस्क स्थापना, धार्मिक, पर्यटकीयस्थलको व्यवस्थापन र प्रवद्र्धन, मुख्यमन्त्री सडक योजना कार्यान्वयन गरिनेलगायतका कुरा कार्ययोजनामा छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य