२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको सूर्यविनायकमा प्रत्येक कार्यालयमा सिसी क्यामरा

१४ चैत्र २०७४, बुधबार ०७:२२

रमेश गिरी/चैत १४, भक्तपुर | सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । 

कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्नुहुन्छ । 

प्रत्येक दिन बिहान १०.१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हरेपछि उहाँले आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्नुहुन्छ । नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भीड छ कि छैन भन्ने जानकारी पनि उहाँ सिसी क्यामराबाट लिने गर्नुहुन्छ । 

नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिनुभयो । 

संयोजक खड्काले भन्नुभयो–“नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ‘इ–हाजिरी र सिसी क्यामरा जडान गरेको छ, सबै कार्यालयको नगरपालिकासँग सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्नसक्ने गरी प्रविधि जडान गरिएको छ ।” 

नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै कक्षमा बसेर वडा कार्यालयको गतिविधि, सेवाग्राहीको भीड, कर्मचारीको उपस्थिति हेर्ने गरेको बताउँदै उहाँले मोबाइलमा समेत एप्स राखिएकाले उहाँ जुनसुकै ठाउँमा बसेर पनि निगरानी गर्नसक्ने व्यवस्था गरिएको बताउनुभयो । 

नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘इ–विलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजश्व समेत सिधैँ नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताउनुभयो । 

नगर प्रमुख थापाले आफ्नै कार्यकक्षमा बसेर कर्मचारीको निगरानी गर्ने गरेको बताउनुभयो । “१०.१५ बजेसम्म कोको कर्मचारी आएँ, आएनन्, कति बजे कर्मचारी घर गएँ, को को बिदामा छन्, कति राजश्व संकलन भयो, सेवाग्राहीको काम भए भएन निगरानी गर्ने गर्छु ।” १०.१५ बजेभन्दा ढिलो आउँने कर्मचारीको हाजिरी स्वतः रद्द हुने बताउँदै उहाँले कर्मचारीले गलत गरे तत्कालै कारबाही गरिने उहाँले बताउनुभयो । 

वडा कार्यालयका अध्यक्ष, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका कर्मचारीले बिदा बस्नु परे नगरपालिकालाई अग्रिम जानकारी गराएर बिदा स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको मुख्य चोक चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ । 

आफ्नो क्षेत्रको विकास र अवस्थाको जानकारी लिन सजिलो गर्न चोकचोकमा सिसी क्यामरा जडान गरिने भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट