२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिम्मेवार बनि सेवा प्रवाह गर : मन्त्री शाही

७ माघ २०७२, बिहीबार १५:४८

kunti shahi

महेन्द्र केसी । माघ ७, पर्बत । संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जिल्लामा रहेका सरकारी निकायका कर्मचारीलाई जिम्मेवार भएर सेवा प्रवाह गर्नको लागि निर्देशन दिएकी छिन् ।

जिल्ला विकास समितिको कार्यालय भनेको स्थानिय निकाय भएका कारण स्थानिय जनताको सेवा सुविधा प्रवाह गर्दा जिम्मेवार भएर गर्नुपर्ने भन्दै जनतालाई सेवा प्रवाह गर्दा अनुशासित र जिम्मेवारीका साथ सेवा दिन निर्देशन दिएकी हुन् । सरकारी कार्यालयमा भ्रष्टाचार पछिल्लो समयमा बढ्दै गएको भन्दै सरकारी कार्यालयलाई भ्रष्टाचारको अड्डाबाट सम्बोधन हुने किसिमको कार्य नगर्नको लागि समेत शाहीले आग्रह गरिन । जिल्लामा लक्षित बर्गको लागि पनि बजेट छुट्टाउन लागेको र भर्खरै जिल्लामा इलाका गोष्ठि शुरु भएको खबरले आफु खुसि भएको तर पछिल्लो समयमा विभिन्न शीषर्कमा छुट्टाइएता पनि त्यहि अनुरुप काम हुन नसकेको भन्दै त्यस्तो हुनबाट रोक्नको लागि समेत निर्देशन दिइन् । जिल्लामा इलाका गोष्ठिबाट आएका जनताका गुनासा र विकास निर्माणको आवश्यकता अनुसारको शीर्षकमा नै योजना तर्जुमा गर्नको लागि समेत उनले निर्देशन दिइन ।

योजना तर्जुमा गर्दा राजनीतिक दलको सहमतिमा भन्दा पनि जनताको आवश्यकता र गुनासा अनुसार गर्नको लागि आग्रह गरिन् । जिल्लामा स्थानिय विकास राज्यमन्त्री आउँदा पनि जिल्लामा स्थानिय विकास अधिकारी भने थिएनन् उनी तालिमको लागि पोखरा गएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक अबस्था र यहाँको आवश्यकता र समस्याको बारेमा प्रमुख जिल्ला अधिकरी झंकनाथ ढकालले राज्यमन्त्री शाहीलाई जानकारी गराएका थिए । जिल्लाका दक्षिण क्षेत्रमा रहेका ११ वटा गाविसबाट जिल्लामा सेवा लिन आउनको लागि कठिन र दुई जिल्ला पार गर्न पर्ने स्थीति रहेको बताउँदै प्रजिअ ढकालले जिल्लाको विकासलाई विशेष ध्यान दिनको लागि आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला विकास समितिका कर्मचारी, सरोकारवाला निकायको उपश्थीति रहेको थियो ।

https://www.youtube.com/watch?v=p9fcGe5TIpY

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य