चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको "/>
2026-09-14 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य बिमा बोर्डका कपिलदेव अर्यालले जिल्लाका तीन वटा नगरपालिका र ३ वटा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण गरेर स्वास्थ्य बिमा कार्यक्रम लागूगरिएको जानकारी दिए । बुधबार जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकामा सरोकारवालाहरुलाई यसबारे जानकारी दिँदै उनले क्रमशः बाँकी तीन वटा नगरपालिकामा पनि अभिमुखीकरणसहित स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको बताए ।

उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउपालिका, पचालझरना गाउँपालिका र शान्नित्रिवेणी गाउँपालिकामा अभिमुखीकरण गरिसकिएको छ । अब जिल्लाको नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका र महावै गाउँपालिकामा तत्काल गर्ने तयारी रहेको छ । स्थानीय तहमा अभिमुखीकरण सकिएपछि सबै स्थानीय तहका प्रत्येक वडाहरुमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट समिति गठन, अभिमुखीकरणको अभियान थालिने बताए ।

अभिमुखीकरण गरिएका नगरपालिका तथा गाउँपालिकाका वडास्तरमा समिति गठन सुरु भईसकेको जिल्ला स्वास्थ्य कार्र्यालय कालिकोटका सिअहेव कटकबहादुर महतले बताए । उनका अनुसार नेपाल सरकारले निकै प्राथमिकता दिएको स्वास्थ्य बिमा कार्यक्रम स्थानीय सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह समेत गरे ।

खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमूख आतिथ्यतामा बुधबार भएको अभिमुखीकरणमा स्वास्थ्य बिमा कार्यक्रमलाई सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, खाँडाचक्र नगर उपप्रमूख बिजया बिष्ट लगायतका सरोकारवालाहरुरले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमका पाँच जनासम्म सदस्य भएको हरेक परिवारले २ हजार ५ सय र पाँच जना भन्दा बढी सदस्य भएका सयुक्त परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँ थप तिर्नुपर्ने बताईएको छ । जसबाट एक बर्षभरी एक परिवारले ५० हजारसम्मको उपचार सहायता पाउनेछन् । बिमाका लागि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र उपचार गराउने पर्ने बिमा बोर्डले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले