चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

१४ चैत्र २०७४, बुधबार १३:४९

चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य बिमा बोर्डका कपिलदेव अर्यालले जिल्लाका तीन वटा नगरपालिका र ३ वटा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण गरेर स्वास्थ्य बिमा कार्यक्रम लागूगरिएको जानकारी दिए । बुधबार जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकामा सरोकारवालाहरुलाई यसबारे जानकारी दिँदै उनले क्रमशः बाँकी तीन वटा नगरपालिकामा पनि अभिमुखीकरणसहित स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको बताए ।

उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउपालिका, पचालझरना गाउँपालिका र शान्नित्रिवेणी गाउँपालिकामा अभिमुखीकरण गरिसकिएको छ । अब जिल्लाको नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका र महावै गाउँपालिकामा तत्काल गर्ने तयारी रहेको छ । स्थानीय तहमा अभिमुखीकरण सकिएपछि सबै स्थानीय तहका प्रत्येक वडाहरुमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट समिति गठन, अभिमुखीकरणको अभियान थालिने बताए ।

अभिमुखीकरण गरिएका नगरपालिका तथा गाउँपालिकाका वडास्तरमा समिति गठन सुरु भईसकेको जिल्ला स्वास्थ्य कार्र्यालय कालिकोटका सिअहेव कटकबहादुर महतले बताए । उनका अनुसार नेपाल सरकारले निकै प्राथमिकता दिएको स्वास्थ्य बिमा कार्यक्रम स्थानीय सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह समेत गरे ।

खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमूख आतिथ्यतामा बुधबार भएको अभिमुखीकरणमा स्वास्थ्य बिमा कार्यक्रमलाई सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, खाँडाचक्र नगर उपप्रमूख बिजया बिष्ट लगायतका सरोकारवालाहरुरले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमका पाँच जनासम्म सदस्य भएको हरेक परिवारले २ हजार ५ सय र पाँच जना भन्दा बढी सदस्य भएका सयुक्त परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँ थप तिर्नुपर्ने बताईएको छ । जसबाट एक बर्षभरी एक परिवारले ५० हजारसम्मको उपचार सहायता पाउनेछन् । बिमाका लागि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र उपचार गराउने पर्ने बिमा बोर्डले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य