2026-09-13 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रमा छड्के अनुगमन

राम नारायण पंडित | चैत १५, सिरहा | मिर्चैया नगरपालिका बडा नं. ७ का बडा अध्यक्ष रामकुमार यादबले जनताको स्वास्थ्य जस्तो गम्भिर विषयमा खेलवाड गर्ने जुनसुकै तह तथा  तप्काका स्वास्थ्यकर्मी र कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । मिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको बुधबार छड्के अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिदै बडा अध्यक्ष यादबले स्बास्थ्य क्षेत्र आमजनताको जिबनसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले जनताको समस्या बुझि तुरुन्त सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए । 

बडा अध्यक्ष यादबले अस्पतालको भौतिक अवस्था राम्रो देखिए पनि सेवाको स्थिति दयनीय रहेकोले तत्कालै सुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले अनुगमन गर्दै अस्पतालको स्थितिको विषयमा अस्पतालका प्रशासन प्रमुख सुशिल कुमार साहसंग जानकारी लिएका थिए ।

अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा आफुले सम्बन्धित निकायमा पहल गर्ने बडा अध्यक्ष यादबले आश्बासन दिए । चिकित्सक तथा अन्य कर्मचारीहरु समयमा नपुग्दा सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो आएपछि छड्के अनुगमन गरेको बडा अध्यक्ष यादबले बताए । उनले बाहाना बनाएर आमजनताको स्बास्थ्यसंग खेलबार गर्ने कर्मचारीलाई छुट दिन नसक्ने स्पष्ट गरे ।

अनुगमनका क्रममा अस्पतालमा करारमा कार्यरत डा. जितेन्द्र प्रसाद गुप्ता चैत १२ गतेदेखि बिदामा बसेको पाईएको थियो भने । त्यसैगरी, निमित प्रमुख सिनियर अहेब शान्ति देबि धिमाल काम बिशेषले जिल्ला गएको थियो भने अहेब जयप्रकाश साह तालिमको लागि बिराटनगर गएको थियो । अहेब दशरथ दास बिना जानकारी अनुपस्थित रहेको प्रशासन प्रमुख साहले बताए ।

अनुगमनका क्रममा मिर्चैया नगर स्बास्थ्यका सहसंयोजक बिजय महतोले कर्मचारीहरुलाई समयको ख्याल गरी बिरामीको उपचारमा लाग्न निर्देशन दिए । 

अस्पतालमा स्थायी ११ जना र करारका ९ जना कर्मचारी गरी जम्मा २० जना कर्मचारी कार्यरत रहेका छन् ।

अनमीको भरमा अस्पताल संचालन

मिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सिनियर अनमी शान्ति देबी धिमालको भरमा संचालन भईरहेको छ । अस्पतालका प्रमुख डा. अरुण कुमार साह साउन महिनामै थप अध्ययनका लागि अस्पताल छाडेर गएपनि अहिलेसम्म निमित प्रमुख धिमालको भरमा संचालन भईरहेको छ । डा. साह गएको करीब ८ महिना बितेपनि सरोकारबालाको उदासिनताका कारण अहिलेसम्म नयाँ प्रमुख आउन सकेका छैन् ।

औषधीको अभाव

स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामीहरु समस्यमा परेका छन् । स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दा समेत सरोकारवालाले चासो नदिएको अस्पतालका प्रशासन प्रमुख साहले गुनासो गरे । उनले भने “स्बास्थ केन्द्रमा बिरामी उपचारका लागि आउने गर्दछन् तर केहि उपलब्ध रहेका औषधि हामी दिन्छौ, नत्र औषधि छैन भनेर बाहिर पठाउँछौं ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन