२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ३ हजार नागरिकको स्वास्थ्य बीमा

१५ चैत्र २०७४, बिहीबार ०७:४५

चैत १५, खोटाङ | सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । 

उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत थालेको उक्त अभियानका क्रममा सर्वसाधारणले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिएको जिल्ला अस्पतालका प्रमुख डा रामबहादुर केसीले जानकारी दिनुभयो । जिल्लामा गत पुस २४ गतेदेखि दर्ता सहयोगीमार्फत बिमितको स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको थियो । 

गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकले फागुन १ गतेबाटै स्वास्थ्य बीमाको शर्त अनुसारका सेवासुविधा लिन थालेको अस्पतालले जनाएको छ । सर्वसाधारण स्वास्थ्य बीमातर्फ आकर्षित भएका छन् । स्वास्थ्य बीमाको पूर्व तयारीमा जिल्लाका सबै नगर÷गाउँपालिकामा आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालनपछि ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालसँगै छिमेकी जिल्लाका अस्पताल तथा सरकारी अस्पतालबाट बीमाको शर्त अनुसारका स्वास्थ्य सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा गरिएको हो । 

हरेक वडामा नियुक्त गरिएका स्वास्थ्य बीमा दर्ता सहयोगीले अहिले पनि स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरणको काम गरिरहेका छन् । पाँच जनासम्मको परिवारले वार्षिक रुपमा रु दुई हजार पाँच सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक रु ५० हजारको स्वास्थ्य उपचार पाउने थाहापाएपछि सर्वसाधारण स्वास्थ्य बीमाप्रति आकर्षित भएकाख हुन् । 

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति रु ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च रु ५० हजारमा प्रतिव्यक्ति थप रु १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो