2026-10-23 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुर: श्रीमतीबाट पीडित श्रीमानको कथा

सञ्चिता घिमिरे/चैत १५, ललितपुर | केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । 

ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमानको आरोप छ । 

झट्ट सुन्दा होला जस्तो लागे पनि अहिले काठमाडौँ उपत्यकालगायतका देशका शहरी क्षेत्रमा यस्ता घटना बढिरहेका छन् । बढ्दो शहरीकरणसँगै पारिवारिक विचलनका घटना बढ्नु स्वभाविक हो । परम्परागत रुपमा श्रीमान्–श्रीमतीको झगडा परालको आगो मानिन्थ्यो । विस्तारै महिलाले कानूनी र सामाजिक रुपमा अधिकार पाउन थालेपछि श्रीमान्सँग सम्बन्ध नराम्रो भएपछि श्रीमती प्रहरीसम्म जाने क्रम बढ्न थालेको छ । 

घरेलु हिंसा, श्रीमान्ले अर्काे विवाह गरेको, खान–लाउन नदिएको भन्दै महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै आएका छन् । पछिल्लो सामाजिक परिवर्तनसँगै भने पुरुषले पनि श्रीमतीबाट आफू पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिने क्रम बढ्न थालेको छ । 

ललितपुर महानगरपालिकामा नै आएको अर्काे घटनामा एक जना नेपाली पुरुषले विदेशी श्रीमतीले बेवास्ता गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहेका छन् । डेढ वर्ष पहिले अमेरिकन नागरिकसँग विवाह गरेका ती व्यक्ति उनीसँग मुस्किलले १० दिन मात्रै सँगै बसे । आफू गएपछि प्रक्रिया मिलाएर उनलाई समेत अमेरिका लाने श्रीमतीले आश्वासन दिएकी थिइन् । उता गएपछि फर्किएर पनि नआएको र उनलाई उता लैजान बेवास्ता गरेको भन्दै उनले कानूनीरुपमै समेत अलग्गिन चाहेका हुन् । 

प्रहरी र स्थानीय निकाय दुवैमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेका मुद्दा आउन थालेका छन् । पहिले श्रीमान्ले सोझै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने व्यवस्था थिएन । त्यसैले पनि यस्ता मुद्दा पहिले स्थानीय निकायमा जाने गरेका थिए । 

ललितपुर महानगरपालिकाका न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले श्रीमतीबाट विभिन्न कारणले पीडित भएर सम्बन्धविच्छेद गर्नका लागि उजुरी कानून शाखामा धेरै आएको बताउनुभयो । समितिले भने आएका मुद्दामा पहिले मेलमिलापका लागि प्रयास गर्छ । मेलमिलापको चरण पार गरेर पनि मिल्न नसकेका मुद्दा मात्रै अदालतमा जान्छ । उहाँ भन्नुहुन्छ, “हामीले सकेसम्म र मिल्नेसम्मका मुद्दा मेलमिलापमार्फत यहिँ टुंगाउन प्रयास गर्छाैं ।” आपसमा मिलेर बस्न नै नमिल्ने दुवैले भन्दा मात्रै समितिले मुद्दा अदालत पठाउने गरेको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख चञ्चला श्रेष्ठ महिलाका तुलनामा पुरुष घरभित्र पीडित भएका घटना कम भए पनि बढ्ने क्रममा रहेको बताउनुहुन्छ । एक दशकसम्म होला जस्तो लागे पनि प्रहरीसम्म यी घटना आउन थालेका छन् । पुरुष खुलेर महिला जसरी म पीडित भएँ भनेर कम मात्रै आउने गरेको बताउनुहुन्छ । अधिकांश घटनामा उनीहरु सल्लाहका लागि आउँछन् । उहाँ भन्नुहुन्छ, “अझै पनि म त केटा मान्छे हो श्रीमतीबाट पीडित भएँ भनेर कसरी भनेर खुल्न नसक्ने छन् ।” गैरसरकारी संस्थाले पनि महिला मात्रै पीडित हुन्छ भन्ने सोच्ने गर्छ । 

श्रीमतीबाट पीडित हुने घटना वैदेशिक रोजगारीमा गएका पुरुषको बढी आउने गरेको बताउनुहुन्छ । श्रीमतीलाई शहरी क्षेत्रमा छोडेर गएका पुरुष फर्कदा श्रीमती र सम्पत्ति दुवै गुमाएका छन् । श्रीमतीले भने महँगीले गर्दा पैसा सकिएको बताउने गर्छन् । प्रहरी कहाँ खोजतलासमा धेरै महिला हराएका मुद्दा छन् । तीमध्ये धेरैमा वैदेशिक रोजगारबाट फर्किएका श्रीमान्ले श्रीमती हराएको भन्दै दिएका मुद्दा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने