चैत १६, गोरखा | मुआब्जा वितरण र पुनर्बासका लागि बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्बास तथा पुनःस्थापना इकाईले सरकारसँग २५ अर्ब रुपैया माग गरेको छ ।

ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरिएको इकाई संयोजक कृष्ण कार्कीले बताए । ‘हामीले माग गरेको एक साता भयो, अर्थ मन्त्रालयको जवाफ पाइसकेका छैनौं,’ उनले भने । पुनर्बास हुने क्षेत्रभित्र संरचना विकास र बाँकी रहेका प्रभावितका लागि मुआब्जा वितरण गर्न रकम माग गरिएको उनले बताए ।

सबै प्रभावितहरूलाई एकैपटक मुआब्जा बाड्न स्थानीयले पटक–पटक माग गर्दै आएका छन् । ढिला मुआब्जा पाउनेलाई मूल्यवृद्घि गरेर रकम दिन प्रभावितहरूले माग गरेको उनले बताए । डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा वितरणका लागि मात्र ३२ अर्ब लाग्ने इकाईले जानाएको छ । घर, गोठ, फलफुल सबैको मुआब्जा दिँदा ४५ अर्ब लाग्ने अनुमान छ । – आजको कान्तिपुर दैनिकमा समाचार छ ।

बुढीगण्डकी आयोजनाको लागि मुआब्जा दिन २५ अर्व माग