२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा कक्षा ८ को परीक्षा स्थगित

१६ चैत्र २०७४, शुक्रबार ०६:१३

चैत १६, ताप्लेजुङ | ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । 

आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिनुभयो । 

बिहीबार स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा विषयको परीक्षा हुने कार्यतालिका थियो । निरौलाका अनुसार पेशा व्यवसाय तथा प्रविधि विषयको अर्को प्रश्न पत्र तयार गरी चैत २० गते बिहान ११ बजे परीक्षा सञ्चालन गर्ने तयारी भएको छ भने लिटल बुद्ध बोर्डिङ स्कूलमा स्वास्थ्य तथा शारीरिक शिक्षा नैतिक शिक्षा विषयको समेत नयाँ प्रश्न पत्र बनाई चैत १८ गते परीक्षा लिइनेछ । बाँकी विषयको परीक्षा भने कार्यतालिकाअनुसार नियमित हुने जनाइएको छ । 

जिल्लाका सबै विद्यालयमा एकै प्रकारको प्रश्नपत्र तयार गरी चैत ८ गतेदेखि सञ्चालन भइरहेको परीक्षा चैत १७ गते सम्पन्न हुने कार्यतालिका थियो । यता लिटल बुद्ध बोर्डिङ स्कूलले भने भुलबस आज हुने विषयको परीक्षा बिहीबार हुन गएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान