१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

भैरवी वर्षबन्धको विशेष रौनक शु्रु, आज लिङ्गो उठाइँदै

१६ चैत्र २०७४, शुक्रबार ०८:४०

चैत १६, नुवाकोट | यहाँको प्रसिद्ध सबैभन्दा ठूलो पर्व ‘सिन्दूरे जात्रा’को विशेष रौनक आजदेखि शुरु हुँदैछ । 

‘जीवित भगवान्’को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पूजारी हरिमानसिंह डंगोल र उहाँको जीवन संगीनीलाई पुज्दै मुलुकमा आगामी वर्ष के हुन्छ भनेर गोप्यरूपले भाविष्यवाणी गर्ने सिन्दूरे जात्राको विशेष महत्वका साथ आज साँझ लिङ्गो उठाएर शुरु हुन लागेको हो । 

धार्मिक तथा सांस्कृतिक महत्व रहेको यो परम्परा मल्लकालीन समयदेखि नै शुरु भएको पाइए पनि पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि थप व्यवस्थित बनाइएको पाइन्छ । 

फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई शुरु भएको ‘भैरवी वर्षबन्ध’ अन्तरगत चैत शुक्ल पूर्णिमाको अवसरमा शनिबार देवीघाटमा लाग्ने देवीजात्राका लागि आज अपराह्नदेखि विशेष महत्वका साथ मनाउन लागिएको हो । 

स्थानीयवासीको सहयोगमा श्रीनाथ गण देवीघाटमार्फत परिचालन हुने नेपाली सेनाले आज साँझ बूढी देवताको स्थल र त्यसपछि आजै मध्यरातमा भैरवीदेवी मन्दिर परिसरमा पूजाविधिअनुसार लिङ्गो उठाइने नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

लिङ्गो उठाइएपछि उल्लासका साथ शुरु हुने जात्राअन्तर्गत भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर प्रस्थान गराइन्छ । 

आज लिङ्गो उठाउने, शनिबार भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान् धामी–धामिनीको जालपादेवी मन्दिर प्रस्थान, शनिबार र आइतबार जालपादेवी मन्दिरमा जीवित पशुको भोगबलि, मुलुकमा आगामी वर्ष के हुन्छ भनेर शनिबार राति धामीबाट हुने गोप्य भविष्यवाणी, आइतबार मध्यरातमा देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल एवं सामाजिक संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा सोमबार खेलिने सिन्दूर जात्रा मुख्य अकर्षण र महत्वका रुपमा लिइन्छ । 

विदुर नगरपालिका–२ मा रहेको भैरवीदेवी बहिनी र विनपा–५मा रहेको जालपादेवी दिदी हुन् भन्ने मान्यताका साथ एकताको रुपमा हरेक वर्ष भैरवी रथयात्रा गरी दिदीबहिनीको भेट गराएर जात्रा पर्व मनाइने गरिएको द्धारे शाहीले जानकारी दिनुभयो । 

भैरवी रथयात्रा लच्याङका तामाङ सामुदायमार्फत हँुदै आए पनि गएको वर्षदेखि आउन नमानेपछि यसवर्ष श्रीनाथ गणबाट ६० नेपाली सेना परिचालन गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनचाँदीको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा