२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

आलुको बीउ बेचेर वार्षिक ९ लाख आम्दानी गर्छन काभ्रेका एक कृषक

१६ चैत्र २०७४, शुक्रबार ०९:११

चैत १६, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गरिरहेका छन् । 

विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले अहिले वार्षिक एक लाख १० हजारवटा आलुको बीउ बिक्री गर्दै आइरहनुभएको छ । 

शुरुमा सानो लगानीबाट बाँस र काठको ग्रिन हाउस बनाएर शुरु गर्नुभएको उहाँले अहिले एक रोपनी जग्गामा बीउ उत्पादन गरिएको बताउनुभयो । पहिला त सानो आकारमा मात्रै बीउ उत्पादन गर्दै आइरहेको थिएँ, अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाई (आलु) काभ्रेपलाञ्चोकको टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सहयोग सञ्चालन कार्यक्रमअन्तर्गत सहयोगमा अनुदान पाएपछि व्यवसायीलाई थय विस्तार गरेको हुँ । श्रेष्ठले भन्नुभयो, “आफ्नै रु ४५ लाख र सुरपजोन (आलु)को रु ४५ लाख गरी कूल रु ९० लाख लगानीमा आलुको बीउ उत्पादन गरिहेको छु ।” 

आठवटा जातको आलुको बीउ उत्पादन गरी बिक्री गर्दै आउनुभएका श्रेष्ठले पहिला १०÷१२ वटा जिल्लामा बीउ बिक्री गर्दै आएकामा अहिले मागअनुसार जहाँसुकै पनि पु¥याउने तयारी गरिरहेको बताउनुभयो । वर्षमा दुई सिजन गरी उत्पादन गर्ने गरेको आलुको बीउ बेचेर रु चार लाख ५० हजार त नाफामात्रै कमाउने गरेको उहाँले बताउनुभयो । 

उहाँको समूहमा जनकदेव, कार्डिनर, डेजिरे, खुमल रातो, कुफ्रिज्योति, खुमललक्ष्मी, खुमल उज्ज्वल, खुमल सेता र एमएस–४२ लगायत जातका बीउ उत्पादन गरिरहेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाइ (आलु) अन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत दीपक पौडेलले गुणस्तरीय बीउको अभाव र जसमा पनि भाइरसका समस्याका कारणले गर्दा किसानसमक्ष भाइरसमुक्त गुणस्तरीय बीउ पु¥याउनका लागि यसरी सहयोग गरेको बताउनुभयो । 

“हामीले किसानसमक्ष गुणस्तरीय बीउ पु¥याउन सक्यो भने अहिले उत्पादन गरिरहेको भन्दा २० देखि ३० प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ ।” पौडेलले भन्नुभयो, “त्यसका लागि किसानले भाइरसमुक्त बीउ नै प्रयोग गर्न पाउनुपर्छ ।” त्यसका लागि टिस्यूकल्चर विधिबाट निकालिएको प्रिवेशिक सिड नै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य