२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१६ बर्षिया बालिका बलत्कारको आरोपमा नेबिसंघ सभापतिसहित ३ जना पक्राउ

१६ चैत्र २०७४, शुक्रबार ११:१५

चैत्र १६ पर्वत | पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सहित ३ यूवा र एक युवती सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

विहिबार राती कुश्मा नगरपालिका ४ छमर्के घुम्तीको एक होटलमा सामुहिक बलात्कार गरेको आरोपमा नेपाल बिद्यार्थी संघबाट निर्वाचित स्ववियू सभापति शिशिर क्षेत्री सहित ३ युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्वबियु सभापति कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका शिशिर क्षेत्री सहित, कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका ६ देविस्थानका सौगात शर्मा पौडेलले युवती माथि जवर्जस्ती करणी गरेका हुन् । उनीहरुलाई कुस्मा नगरपालिका ४ छमर्के घुम्तीस्थत न्यु सेवा गेष्टहाउसबाट प्रहरीले पक्रेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई विहिबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशीरलाई बोलाएका थिए । दिउँसै देखि खाजा खाँदै छमर्के स्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षिय युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्वजस्ती करण गरेको बुझिएको प्रहरीले बताएको छ ।

प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरु सहित एक युवती सँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ ।

पिडित युवती र घटनामा संलग्न युवाहरु बीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पिडित युवतीका आफन्तहरुलाई बोलाएर जवजसर््ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताउनुभयो । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै