छायाँन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

छायाँन"/>

2026-09-08 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको बालै गाउँ छाउगोठ मुक्त घोषणा

नन्द बहादुर रोकाया/चैत १६, मुगु | मुगु सदरमुकाम गमगढी नजिकै छायाँनाथ रारा नगरपालीका वडा नं ६ मा पर्ने बालै गाउँलाई छाउगोठ मुक्त घोषण गरीएएको छ । 

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा बिहिबार एक कार्यक्रमको आयोजना गरि छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो  । 

५५ घरधुरीरहेको बालै गाउँमा महिनावारी भएकाबेला छोरी बुहारी, किशोरीहरु गोठमा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले बालै गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको  छायाँनाथ रारा नगरपालीका ६ नम्बर वडाकार्यलयले जनाएको छ । 

मुगुमा छाउपडी न्युनिकरणमा १० बर्ष देखि मुगु् जिल्लमा काम गदै आएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगु र  स्थानीय सरकार पनी छाउगोठ मुक्त अभियानमा लागेकाले पछील्ला समय मुगुमा छाउगोठ मुक्त घोषणा गर्ने काम तिब्ररुपमा अघि बढ्ेको छ ।

 २०७१ सालमा मध्य पश्चिमकै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो भने त्यस पछी गहेको माघ महिनामा नगरपालीकाकै माथि तुम गाउँलाई छाउगोठ मुक्त घोषण गरीएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुका  हिरिष्डेक मुगुका मानवअधिकार अधिकृत सन्जु तिमिल्सेनाले बताउनुभयो  । उहाँका अनुसार स्थानीयस सरकार संग सहजिकरण गदै नगरपालिकाका अधिकांश गाउँमा छाउगोठ हटाउने तयारी भइरहेको तिमिल्सीनाको भनाई छ । 

यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता  भएको भएपनी पछील्ला समय त्यो हट्दै गहेको र महिला पनी सचेत भएकाले छाउँगोठ मुक्त घोषणमा स्थानीय सरकार पनी लागेको छायाँनाथ रारा नगरपालीकाकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग