२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नुनथलामा जिल्लाब्यापी साकेला सिली र लोक नृत्य प्रतियोगिता

१७ चैत्र २०७४, शनिबार १०:३९

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | नयाँ वर्षको अवसरमा नुनथलामा जिल्लाब्यापी साकेला सिली तथा लोक नृत्य प्रतियोगिता गरिने भएको छ । पुरानो वर्षको बिदाई नयाँ वर्ष २०७५ सालको स्वागत गर्दै रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ‘नुनथला युवा सेवा समाज नेपाल’ द्धारा खुल्ला साकेला सिली र खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता गर्न लागिएको हो ।


आगामी बैशाख १ गते जालपा माविको प्राङगण नुनथलामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरीका शौखिन टिमले सहभागिता जनाउँन सक्नेछन् । खुल्ला साकेला सिलीका लागि संस्थाको आधिकारिक पत्र, समुहमा १० जना र वढिमा १५ मिनेट साकेला सिली नाँच प्रस्तुत गर्नुपर्ने आयोजक नुनथला युवा सेवा समाजले जनाएको छ । 

साकेला सिलीका प्रथम टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वना टिमले नगद ५ हजारका साथमा प्रमाणपत्र पाउँनेछन् । खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताका पहिलो टिम समुहले ५ हजार, दितीयले ४ हजार, तृतियले ३ हजार र सान्त्वना समुहले रु २ हजार नगद पाउने समाजका सचिव जयन राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की