२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जन जागृति माध्यमिक बिद्यालय धनचौरको ५९ औं बार्षिकत्सवको

१७ चैत्र २०७४, शनिबार १४:५१

चैत्र १७ अर्घाखाँची | प्रदेश ५ का सांसद जालपा भुसालले  अहिलेको युग प्रतिष्प्रधाको युग भएको भन्दै सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

जन जागृति माध्यमिक बिद्यालय भुमिकास्थान १० धनचौरले आयोजना गरेको ५९ औं बार्षिकत्सवको अबसरमा  आयोजित कार्यक्रममा बोल्दै सांसद भुसाले यस्तो बताउंदै मुलुकमा राजनितिक आन्दोलन समाप्त भइ आर्थिक समृद्धिको अभियान सुरु भएकोले अबको शिक्षापनि सोहीअनुसारको हुनुपर्ने बताउनुभएको छ । 

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष केशव रेग्मीको अध्यक्षता,रेमलाल भट्टराईको स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा,भुमिकास्थान नगर प्रमुख रेसम थापा,एमाले नेता पिताम्बर भुसाल,भुनपा १० का वडा अध्यक्ष खगिश्वर पन्थी,भमिकास्थान नगर शिक्षा अधिकृत मनिराम पराजुली र स्रोत ब्यक्ति जेदुराम खनाल लगायतले मन्तव्य राख्दै बिद्यालयमा संचालन गरिएको समय ब्यबस्थापन कार्डले पढाइ सुधारको निम्ती अत्यन्तै प्रभावकारी भएको बताउंदै यसलाई सबै बिद्यालयमा अनिवार्य बनाउनु पर्नेमा जोड दिनुभएको छ । 

बार्षिकउत्सवको अबसरमा कक्षा ११ र १२ का उत्कृष्ट नतिजा ल्याउने दुइ दुइ जना बिद्यार्थी र बिद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा प्र.अ.पिताम्बर खनालले बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको त्यहांबाट सपना भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य