Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

२०७४, १८ चैत्र आईतवार ०३:४२

चैत १८, नवलपरासी (रासस) | पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । 

कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हुँदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हुँदै आएको हो । जसले गर्दा कैदी तथा बन्दीलाई व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बसोबास एवम् शौचालयका लागि समस्या भएको कारागारले जनाएको छ । 

जिल्ला कारागारमा १७५ कैदी–बन्दी राख्ने क्षमता भएको भए पनि यहाँ अहिले ३८२ कैदी–बन्दी रहेको कारागार स्रोतले जनाएको छ । २०७२ सालको चैतमा निर्माण सम्पन्न भएर कैदी–बन्दीलाई नयाँ कारागार भवनमा सारिएको थियो । कारागार स्रोतका अनुसार अहिले कारागारमा पुरुष ३२१ र महिला ६१ गरी ३८२ जना कैदी–बन्दी छन् । कारागारमा हाल ६ जना नाबालकसमेत रहेका छन जसमध्ये चार बालक र दुई बालिका रहेका छन् । कारागारको भौतिक अवस्था राम्रो रहेको भए पनि क्षमताभन्दा निकै बढी संख्यामा कैदी–बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ