२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

१८ चैत्र २०७४, आईतवार ०४:०१

चैत १८, इलाम (रासस) | इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । 

विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन् । विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका–२, ४, ५ र ६ का करीव २५० घरधुरी बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् । त्यहाँका काठका पोल जीर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडासचिव गोविन्द भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका छ वटा पोल ढलेका थिए । तर त्यस ठाउँमा नयाँ पोल प्रतिस्थापनमा ढिलाइ भएकाले अन्धकार भएको उहाँको भनाइ छ । त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ । 

साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्नेसमेत भएकाले विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश