२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा एकीकृत नमूना बस्ती निमार्णका लागि सहयोगको अपिल

१८ चैत्र २०७४, आईतवार ०७:०९

चैत १८, दोलखा | एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ । 

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो ।

 प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत्, नाला, ढल र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न रु सात करोड ३२ लाख विनियोजन गरेको पुनः निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । 

विपन्न नागरिकको बसोबास भएको यो बस्तीमा एकै प्रकारका घर निर्माण गर्न उनीहरुले माग गरेका छन् । घर निर्माणका लागि सहयोग गरिदिन यहाँका नागरिक संघसंस्थाको पर्खाइ रहेको एकीकृत नमूना बस्तीका अभियन्ता एवम् भीनपा–४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले बताउनुभयो । चौलागाईंले भन्नुभयो, “एकीकृत नमूना बस्तीको लागि डिटेल प्रोजेक्ट पूरा गरी पुनः निर्माण प्राधिकरणमा पेश गरेकाले पूर्वाधार निर्माणका लागि सरकारले विनियोजन छ ।” 

एकीकृत नमूना बस्तीमा इन्जिनियर र अमिनले जग्गा छुटाउने कार्य धमाधम भइरहेको चौलागाईंले जानकारी दिनुभयो । सदरमुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमूनायोग्य ठाउँ बन्नेछ, होमस्टेका लागि अत्यन्तै उपयुक्त भएकाले सरकारको लगानी मात्र नभई सहयोगी संस्थाले लगानी गरे औचित्य साबित हुनेछ अध्यक्ष चौलागाईंले बताउनुभयो । 

बस्तीका अभियन्ता रामजीप्रसाद चौलागार्इंले भन्नुहुन्छ, “यहाँ एउटा घर निर्माण हुन कम्तीमा रु १५ लाख लाग्छ ,सरकारले प्रदान गर्ने आवास निमार्णको सहुलियत रकम तीन लाखबाहेक रु १२ लाख आवश्यक पर्ने हँुदा सरकारले दुई प्रतिशत ब्याजदरमा दिने रु १५ लाख दिएको खण्डमा विपन्न बस्तीका नागरिकले घर बनाउन सक्ने थिए ।”

 बस्ती निमार्णका लागि स्थानीयस्तरमा गर्नुपर्ने सम्पूर्ण काम पूरा भइसकेको र अब भवन निर्माणका काम शुरु गर्न ढिला भइसकेकाले सहयोगी हातलाई नमूना बस्ती निर्माणमा सहयोग गरिदिन चौलागाईंले समेत आग्रह गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै