माघ २४, पर्वत ।पर्वतमा आइटिएफ तेक्वान्दो संघको जिल्ला कार्य समिति चयन भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर ग्ुरुङको अध्यक्षतामा बसेको भेलाले पत्रकार प्रनिश गिरीको अध्यक्षतामा नौ सदस्यीय आइटिसी तेक्वान्दो कार्यसमिति चयन गरेको हो ।
तेक्वान्दो कार्यसमितिको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सचिवमा पत्रकार राजबाबु पिसी, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सृर्जना थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा पत्रकार महेन्द्य्र जिसी, गोविन्द्र अधिकारी सजिता गुरुङ र आषिक सुनार रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
तेक्वान्दो कार्यसमितिको सल्लाहकारमा खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ लाई राखिएको छ । भने आइटीसी तेक्वान्दोको प्रशिक्षकका रुपमा व्लाक बेल्ट दोस्रो डान विक्रम सुनारले दिइने निर्णय समेत गरेको छ । नेपाल आइटिअफका केन्द्रिय उपाध्यक्ष अन्जन धमलाको प्रमुख आथित्यमा संचालन भएको उक्त कार्यक्रममा खेल र खेलसँग सम्बन्ध राख्नेहरुको सहभागिता रहेको थियो ।,