Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका ६ स्थानीय तहमा अझै बैंक स्थापना भएनन्

२०७४, १९ चैत्र सोमबार १०:०९

चैत १९, इलाम | स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना वितिसक्दा पनि जिल्लाका छ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम धाउनु पर्ने बाध्यता छ । 

गाउँपालिकामा जाने भनिएका बैंक नगएपछि गाउँपालिकाले सदरमुकाममै रहेको बैंकमा खाता खोलेर काम गर्दै आएको छ । 

जिल्लाका १० वटा स्थानीय तहमध्ये तीन नगरपालिका र एउटा गाउँपालिकामा बाहेक बाँकी छ वटा स्थानीय तहमा कुनै पनि सरकारी तथा निजी स्थापना नगरिएकाले ती निकायलाई आर्थिक कारोवार गर्न समस्या हुने गरेको छ । माई नगरपालिका सन्दकपुर, माईजोगमाई, फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा अझै पनि बैंक स्थापना हुन सकेको छैन । 

इलाम, सूर्योदय र देउमाई नगरपालिकामा दर्जनभन्दा बढी बैंक पहिल्यै नै स्थापना भएका छन् भने अहिले पनि स्थापना हुने क्रम जारी छ । चुलाचुली गाउँपालिकामा भने भर्खरैमात्र एनएमबी बैंक स्थापना भएको छ । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ । बैंकको कामकै लागि घण्टौँ धाएर इलाम नगरपालिका धाउनुपरेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो । 

विकास निर्माणको मात्र नभएर स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामा नै गएको छ । तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको कर्मचारीकोे गुनासो छ । बैंक नभएकाले आर्थिक कारोवार गर्न कठिनाइ भएको जनप्रतिनिधिहरुले बताएका छन् । 

स्थानीय तहको निर्वाचनको समयमा सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने नेताहरुले भने पनि व्यवहारमा उतार्न सकेका छैनन् । दलहरूले निर्वाचनमा गरेका घोषणा अहिलेसम्म पनि कार्यान्वयन गराउन नसक्दा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ