२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृत कपः स्याङजा र नवलपरासी फाइनलमा भिड्दै

२०७२, २५ माघ सोमबार ०७:०९

सन्तोष थापा बाट/ माघ २५, पर्वत । पर्वतको डिमुवामा सञ्चालित पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगितामा स्याङजा र नवलपरासीको समुह फाइनलमा प्रबेश गरेका छन् । खेलमा भाग लिएका १० जिल्लाको समुह मध्ये यी दुई समुह फाइनलमा प्रबेश गरेका हुन् ।

त्यस्तै अर्को तनहुँ र म्याग्दी जिल्ला तेश्रो पुरस्कारका लागि आजै भिड्दै छन् । आइतबार तनहुँ र नवलपरासी बीच भएको सेमिफाइनल खेलमा तनहुँलाई ३–१ ले हराउँदै नवलपरासी फाइनलमा प्रबेश गरेको हो । निकै प्रतिस्पर्धाका बीच भएको भलिबल खेलमा नवलपरासीले पहिलो सेटमा २७–२५को अन्तरले तनहुँलाई पराजित गराएको थियो भने दोश्रो सेटको खेलमा तनहुँले २६–२४ को अन्तरले जीत हात पारेको थियो त्यस पछिका लगायतका दुई सेट नवलपरासीले १५–१२ र २५–१७ को अन्तरले जीत हासिल गर्दै फाइनलमा प्रबेश गरेको थियो । यस अघि भएको कास्की र तनहुँ बीच भएको खेलमा तनहुँले कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमी फाइनलमा प्रबेश गरेको थियो ।

प्रतियोगितामा सहभागी १० जिल्लाका खेल समुह मध्ये बागलुङ, रुपन्देही, मुस्ताङ, पर्वत, गुल्मी, कास्की रित्तो हात बाहिरिएका छन् । खेल सँगै आयोजकले दर्शकहरुबाट प्रबेश शुल्क वापत करिव २ लाख रुपैँया संकलन गरिसकेको छ ।

नवजागृत उच्च मावि तिलाहारको आयोजनामा सञ्चालन भएको उक्त खेलको प्रथम पुरस्कार १ लाख ५० हजार, द्धितीय पुरस्कार १ लाख, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार १५ हजार रहेको खेल संयोजक अरुण श्रेष्ठले जानकारी दिए । ।

भलिबल प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति राखि दर्शकदिर्घमा मनोरञ्जन प्रदान गरेका थिए । आइतबार राष्ट्रिय कलाकार कुलेन्द्र विक,मञ्जु पौडेल, सज्जन बोहोरा, सुदिर वि.सी लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ