२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयाः ४६ बर्षपछि स्थानिय सरकारद्धारा आधारभुत परिक्षा संचालन

२१ चैत्र २०७४, बुधबार ०२:२९

राम नारायण पंडित | चैत २१, सिरहा | आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षालाई व्यवस्थित बनाउन मिर्चैयामा नयाँ अभ्यास आरम्भ गरिएको छ । सिरहा जिल्लामा मिर्चैया नगरपालिकाले मात्र यस बर्षको आधारभुत परिक्षा केन्द्र निर्धारण गरी व्यवस्थित रूपमा सञ्चालन गरेको हो । आज (मंगलबार) देखि सुरु भएको परिक्षालाई मर्यादित बनाउन नगरपालिका भित्र रहेका १९ वटा आधारभूत विद्यालयका लागि ३ वटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको छ । 

नगरपालिका भित्र रहेका १९ बटा बिद्यालयका १ हजार ८५ परिक्षार्थीहरुका लागि मिर्चैयाको मोहन मा.वि.“क” र “ख” तथा पोलर स्टार ईंगलिश बोर्डिंग स्कुलमा परिक्षा केन्द्र तय गरी परिक्षा संचालन गरिएको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए । केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन हुँदा परीक्षा व्यवस्थित देखिएको मेयर यादबले दाबी गरे । आधारभुत परिक्षा जस्तै अन्य परिक्षा पनि पुर्ण रुपमा ब्यबस्थित ढंगले संचालन गर्ने तयारीमा रहेको यादबले स्पष्ट गरे । उनले भने “ परिक्षा प्रणाली राम्रो भए, बिद्यार्थी पनि राम्रै उत्पदान हुने भएकाले परिक्षा प्रणाली सुधार गरेरै छाड्छु ।” नगरपालिका भित्र संचालित रहेका अबैध बिद्यालयहरुलाई यहि शौक्षिक शत्रदेखि बन्द गराउने योजना रहेको समेत मेयर यादबले संकेत गरे । परिक्षा मर्यादित तथा व्यवस्थित रुपमा  सञ्चालन गर्न सुरक्षा, सुबिधा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको मेयर यादबले बताए । 


एसइई परीक्षामा बाहिरको बिद्यालयमा पुगेर परीक्षामा सहभागी हुँदा डराउने विद्यार्थीलाई सहज बनाउने उदेश्यले अहिलेदेखि नै केन्द्र निर्धारण गर्दा बानी बस्ने नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडलले बताए । उनले भने “ बाहिरको श्रोत साधन प्रयाप्त नभएपनि नगरपालिकाले आफनै श्रोत साधन प्रयोग गरी परिक्षा संचालन गरिहेको छ ।” “हामीले पहिलाको परिक्षा प्रणाली (होम सेन्टर) लाई हटाई यस बर्षदेखि नयाँ संरचना अनुसार परिक्षा संचालन गरिरहेका छौं ।” निजी तथा सामुदायिक विद्यालयबाट तुलनात्मक नतिजा निकाली पृष्ठपोषण गर्न पनि यस परीक्षाले सहज हुने उनले बताए ।  

एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप तिबारीले २०२८ सालदेखि संचालन हुँदै आएको परिक्षा प्रणलीलाई ब्रेक गरि स्थानिय सरकारले संचालन गरेको यस प्रकारको परिक्षाले बिद्यार्थीहरुमा थप उर्जा उत्पन्न हुने बताए । अहिले देखिनै परिक्षाको प्रणालीलाई परिबर्तन गर्दा एसईई परिक्षा बिद्यार्थीहरुका लागि खासै झन्झटिलो नहुने उनले दाबी गरे । उनले भने “सामुदायिक र संस्थागत विद्यालयमा शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन पनि यस्तो परीक्षा प्रणाली प्रभावकारी हुनेछ ।” उनले भने “संस्थागत बिद्यालयबाट बिशेष पहल गरी नियमित पठनपाठन र मर्यादित परिक्षा संचालन गर्ने उदेश्यले आधारभुत तहको परिक्षा संचालन गर्न सफल भयौं ।”

शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएपछि नगरपालिकाले शिक्षाको गुणस्तर सुर्धान नगर परिक्षा संचालन समिति गठन गरी परिक्षा केन्द्र तोकी परिक्षा लिईरहेको छ । 


स्थानिय सरकारद्धारा परिक्षाको अनुगमन 

मिर्चैया नगरपालिकाले आफ्नो क्षेत्र भित्रका आधारभुत तहका बिद्यालयमा सञ्चालित परिक्षाको आज निरीक्षण गरेको हो । नगर परिक्षा समितिका संयोजक समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले स्थानिय तहबाट पहिलो पटक सञ्चालित कक्षा ८ को आधारभुत परिक्षाको अनुगमन गरेका हुन् । अनुगमन टोलीमा मेयर यादबको साथै प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, बिनि बुद्धिमान दनुवार, श्रोत ब्यक्ति श्याम यादब र एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप तिबारी लगायतका सहभागि रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की