2026-09-13 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा कमसल भारतीय सुनको बिक्री

चैत २१, गौशाला | महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । 

महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन् ।

महोत्तरीको सीमा नाकासँग जोडिएको सदरमुकाम जलेश्वरसहित सम्सी, मटिहानी, खैरबन्नी, रघुनाथपुरलगायतका बजारमा भारतीय १८ र २० क्यारेटका सुन २२ र २४ क्यारेट भन्दै उपभोक्तालाई बेच्ने काम भइआएको छ । यसका अलावा सुन तस्करले जिल्लाको गौशाला, बर्दिबास, औरही, बलवा, पिपरा र भ्रमरपुरा बजारमा पनि भारतीय सुन पु¥याउने गरेको उनले बताए । 

साधारणतया उपभोक्तालाई सुनको गुणस्तरबारे थाहा नहुने भएका कारण पसलेले सोझासाझा नेपाली ग्राहकलाई भारतीय सुन नै नेपाली मूल्यमा बिक्री गरिरहेको बताइन्छ । सुनचाँदी पसलेले ग्राहकको बिलमा सुनको क्यारेट उल्लेख नगरी केवल परिमाण मात्र उल्लेख गर्ने गर्दछन् । नेपाली सुनको मूल्यमा भारतीय सुन बिक्री गर्दा मूल्यमा ठूलो अन्तर रहने र धेरै मुनाफा हुने नाम उल्लेख नगर्ने शर्तमा अर्का एक व्यापारीले बताए । 

जिल्लाको ग्रामीण भेगमा त झन् बढी ग्राहक ठगीमा पर्ने गरेको छ । अहिले नयाँ सुनचाँदी पसलले मात्रै नभएर जिल्लाको विभिन्न बजारमा ख्याति कमाएर बसेका पुराना सुनचाँदी पसल समेत यस अवैध धन्धामा संलग्न रहेको दाबी ती व्यापारी गरेका छन् । महोत्तरीको विभिन्न बजारमा गरी दैनिक १० किलोग्रामभन्दा बढी सुन बिक्री हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन