2026-06-19 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द

2018-04-04

चैत २१, धुलिखेल | कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्द गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ । 

काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ । 

काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभागबाट मयुर यातायातलाई सुविधा सम्पन्न ठाउँमा चल्नको लागि मात्रै इजाजतपत्र दिएको भन्दै त्यसविरुद्धमा पूर्व घोषित कार्यक्रमअनुसार बस सेवा बन्द गरेको बताउनुभयो । 

“मयुरको २४ वटा गाडीलाई मात्रै राम्रो ठाउँमा इजाजतपत्र दिएर भएन, ग्रामीण भेगमा पनि चलाउनुपर्यो” सैजुले भन्नुभयो । उहाँले प्रतिस्पर्धामा बस सेवा सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोटेश्वर पूर्वको समितिले बन्द गरेको उल्लेख गर्दै त्यसमा आफूहरुको नैतिक समर्थन मात्रै रहेको बताउनुभयो । 

‘बन्द हामीले गर्ने र भन्ने कुरा होइन, उहाँहरुले गरेको कुरा हो ।’ कर्माचार्यले भन्नुभयो, “अहिले उहाँलेहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेर बन्द गर्नुभएको छ, पछि हामीसँग छलफलमा आउने छन्, त्यसबेला हामीले अवस्थाको बारेमा बुझेर काम गर्नेछौं ।” 

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले मयुर यातायातका विषयलाई लिएर केही दिन अगाडि ज्ञापनपत्र बुझाइएको थियो बताउनुभयो । सिम्खडाले भन्नुभयो, “सिन्डिकेट भनेको राज्यको विरुद्ध हो, तोडफोड र बन्द गर्न पाइँदैन, प्रतिस्पर्धामा जानुपर्छ ।” 

उहाँले जिल्लाभित्र कुनै पनि तोडफोडको घटना नभएको र केही दिनअघि भएको तोडफोटको घटना भक्तपुर जिल्लामा भएको बताउनुभयो । 

यातायात व्यवस्था विभागले भने व्यवसायी समितिले सवारी साधन नचलाए इजाजतपत्र खारेज गर्ने बताएको छ । मयुर यातायात प्रालिले चैत १ गतेबाट काठमाडौँ–बनेपाका लागि सडक इजाजतपत्र लिएर बस सञ्चालन गर्दै आएपछि कोटेश्वरपूर्वका १३ वटा समितिले ग्रामीण र शहरी दुबै भेगका सेवा ठप्प बनाएका हुन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग