Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाराका विद्युत् इन्जिनियर चौधरी घुससहित पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, कलैया | विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उहाँलाई पक्राउ गरेको हो । टोलीले उहाँलाई आफूसंगै हेटौँडा लगिएको छ ।

एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ ग¥यौँ, नायब उपरीक्षक खड्काले भन्नुभयो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौँमा बुझाउने खड्काले बताउनुभयो । रासस