2026-08-16 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गुराँसको राजधानी तेह्रथुममै कम फुल्यो गुराँस

प्रकाश धौलाकोटी/चैत २२ तेह्रथुम | गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् । 

माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो । यतिबेला टिएमजेमा गुराँसका भर्खर फुल्न लागेका कोपिला मात्रै पाइन्छ । तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, पाँचपोखरी क्षेत्रमा कम मात्रै गुराँस फुलेको छ । 

मौसमअनुसार तलबाट क्रमशः माथितिर जेठ मसान्तसम्म नै गुराँस फुलिरहने गर्छ । तर यो वर्ष तल्लो क्षेत्रमै ढिलो र कम मात्रै गुराँस फुलेकाले माथिल्लो क्षेत्रमा अझै ढिलासम्म गुराँस फुल्ने टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो । 

यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको छ । यस क्षेत्रमा चैतको पहिलो सातादेखि नयाँ वर्षको दिन र वैशाख–जेठ महिनासम्म पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । यो वर्ष पनि विगतभन्दा पर्यटकको चहल पहल बढेको तर गुराँस नै कम मात्रै फुलेकाले पर्यटक निराश भएर फर्किने गरेका स्थानीयवासीले बताए । 

गुराँस फुलेर ढकमक्क हुने यो बेला पर्यटकको आगमन भइरहेको छ । तर आउनेले गुराँसका कोपिला मात्रै देखेपछि नरमाइलो मान्दै फिर्ने गरेका टुटेदेउरालीका छिरिङ लामाले बताउनुभयो । विगतमा फागुनमै तीनजुरेका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भइसक्थो । तर यो वर्ष भने चैतको दोस्रो सातासम्म पनि गुराँसका कोपिला मात्रै लाग्दैछन् । 

तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडा यस वर्ष अहिलेसम्म खाली छन् । गुराँस नफुलेपछि पर्यटक पनि गुराँसमा रमाएका देखिँदैनन् । टाढादेखि गुराँसको सौन्दर्यमा रम्न आउने फूल नदेख्दा खल्लो मानेर फर्कने गरेका छन् । 

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन आएको हुन सक्ने गुफाबजारकी हिमा खनालले बताउनुभयो । “बर्षेनि गुराँस फुल्ने समय ढिलो हुँदैछ,” उहाँले भन्नुभयो, “गत वर्ष धेरै कम फुलेको थियो, यो वर्ष अलिक त फुल्दैछ, तर राम्रो फुल्ने छाँटकाँट छैन ।” यो वर्ष असिनाले गुराँसका कोपिला झारेकाले राम्रो नफुलेको उहाँले भन्नुभयो । “धेरै दिनसम्म असिना पानी प¥योे”, उहाँले भन्नुभयो, “असिनाले गुराँसको फूल झार्छ । असिनाकै कारण कोपिला लागेको फूल नफुलेको होला ।” 

बिदाका दिन र शनिबार वनभोजका लागि आउनेको यहाँ भीड लाग्ने गरेको छ । कतिपय दिन खानका लागि ठाउँसमेत अभाव हुन्छ । केही दिनअघि मात्रै देशी–विदेशी ३८ बढी देशका पर्यटक गुराँस वनको अवलोकनका लागि आएका थिए । गुराँस पर्यटनको प्रवद्र्धनका लागि गुफाबजारमा चैतको अन्तिम साताबाट मेलासमेत आयोजना हुँदैछ । 

टिएमजे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष लिम्बूले बताउनुभयो । “गुराँस पहिले फुल्ने गरेको समयमा फुलेको छैन, तर कोपिला लागेको छ,” उहाँले भन्नुभयो । 

विगत वर्षभन्दा केही ढिला गरेर पनि गुराँस फुल्ने आशा रहेको श्रीजुङका योगेश भट्टराईले बताउनुभयो । टिएमजे क्षेत्रमा घुम्न आउने गुराँस वनको अवलोकन गरेर फर्किन्छन् । त्यसो त गुराँसले मनोरञ्जन मात्र हैन, औषधिको पनि काम गर्छ । माछा खाँदा काँडाले अड्किए, गुराँसको फूल खानुपर्ने भनाइ छ । नपाए गुुराँसको नाम मात्रै लिए पनि अड्किएको काँडा निस्कने अधिकारी बताउँछन् । 

समयमै गुराँस नफूले पनि एकैसाथ फुल्ने चाप भने ढकमक्कै फुलिसकेको छ । गुफापोखरी आधारभूत विद्यालयका शिक्षक ज्वाला पोखरलका अनुसार गुराँसको फूल एक साल फुल्ने र अर्को साल त्यति राम्रो नफुल्ने गरेको छ । “राम्रोसँग गुराँस नफुल्ने हो भने टिएमजे क्षेत्रको परिचय ओझेल पर्छ, किन फुलेन भन्ने विषयमा सम्बन्धित क्षेत्रबाट यसको अध्ययन र निराकरणका उपाय पनि खोजिनुपर्छ,” चौकीबजारका होटल व्यवसायी उदय लोलेले बताउनुभयो । 

यस क्षेत्रका टुटे देउराली, पाँच पोखरी, चौकीबजार, मंगलबारे, गुफाबजार जस्ता साना बजारका बासिन्दाको मुख्य आयस्रोत यहाँ घुम्न आउने पर्यटक नै हुन् । यी बजारमा उनीहरुले चलाएका साना होटलमा घुम्न आएकाले गरेको खर्च नै टिएमजे क्षेत्रको मुख्य आम्दानी पनि हो । यहाँ आउने पर्यटकले कुनै शुल्क तिर्नु पर्दैन, न त यहाँ कति पर्यटक आउँछन् भन्ने तथ्यांक राख्ने कुनै पर्यटन कार्यालय नै खुलेको छ । गुराँस नफुल्दा यी बजारका बासिन्दा भने निकै चिन्तित छन् । 

गुराँस फुल्ने समयमा पछिल्लो आठ–दश वर्षयता एक रुपता नभएका र यो एउटा अनुसन्धानको विषयसमेत बनेको लालीगुराँस संरक्षण व्यवस्थापन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो । 

सम्बन्धित निकायले बेलैमा चासो दिएर टिएमजे क्षेत्रको पहिचानको जगेर्ना गर्नुपर्ने उहाँले बताउनुभयो । यो क्षेत्र सरकारको संरक्षण क्षेत्रका रुपमा प्रस्तावित क्षेत्रसमेत रहेको छ । जिल्ला वन कार्यालयले यी तीन जिल्लाका २५ भन्दा बढी गाउँलाई समुदायमा समेटेर समुदायमा आधारित तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रको रुपमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । 

पर्यटकको चहलपहलले बढेको बस्ती विकास र फोहोरको व्यवस्थापनका लागि यी क्षेत्रका बस्तीमा सचेतना फैलाउने काम वन कार्यालयले हरेक वर्ष गरिरहेको तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो । यो क्षेत्रमा तेह्रथुमका खाम्लालुङ, सम्दु, पौठाक, श्रीजुङ, मोराहाङ, आम्बुङ, जिरिखिम्ती, सोल्मा, सुङनाम र वसन्तपुर, संखुवासभाका जलजला, सिद्धपोखरी, नुनढाँकी, मावादिन, मादीमुल खर्क, तामाफोक र ताप्लेजुङका थिंलाबु, फाकुम्बा, साँघु, ढुंगेसाँघु, चाँगे र हाङपाङ गाउँहरु समेटिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट