फागुन ६, पर्वत । पर्वत सेवा समाज युएइले मृगौला पीडित तथा विपन्न परिवारलाई विहिबार सहयोग हस्तान्तरण् गरेको छ ।
समाजका सचिव कमल लामिछोनेको नेतृत्वमा आएको टोलीले विहिबार तिलाहार ४ का मिलन रेग्मीलाई ३३ हजार ५ सय ५० र मुडिकुवा ५ की भुमाकुमारी कुवँरलाइ १५ हजार २ सय ५० आर्थिक सहयोग हस्तान्तण गरेको हो ।
एक साता भित्र नाङलीवानका मृगौला पीडित रामबहादुर विकलाई एक लाख सहयोग हस्तान्तर गर्ने तयारी भैरहेको समाजले जनाएको छ ।
सहयोग पाउने रेग्मीको एक वटा मृगौला फेल भएको छ भने कुवँरलाई विपन्न परिवार तथा भूकम्प प्रभावित भएका कारण सहयोग रकम हस्तान्तर गरेको समाजले बताएको छ ।