२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

२०७४, २३ चैत्र शुक्रबार ०९:१९

चैत २३, ललितपुर | पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । 

रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । 

रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ । उहाँ भन्नुहुन्छ, “त्यसअघि नै रथ बनाउने सबै काम सकिनेछ ।” 

यो वर्ष रथ निर्माणका लागि अधिकांश नयाँ काठ प्रयोग भएको छ । पाङ्ग्राबाहेक धमा, खट, थामलगायतमा नयाँ काठको प्रयोग गरिएको हो । गत कात्तिकबाट काठ काट्न अनुमति लिने काट्ने र ढुवानी गर्न थालिएको थियो । 

ललितपुरकै लामाटारबाट लस्सी जातको काठ ल्याउन अझै बाँकी छ । उहाँ भन्नुहुन्छ, “अरु सबै काठ आएकाले अब नियमित काम हुनेछ ।” 

पाँच वैशाखमा रथारोहण भएपछि मत्स्येन्द्रनाथलाई भोलिपल्ट नै गाःबहाल पुर्याइन्छ । रथलाई पाटनभर घुमाएपछि जाउलाखेलमा लगेर भोटोजात्रा हुने गर्दछ । 

रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । सहकालका देवता मानिने मत्स्येन्द्रनाथ पाटनमा छ महिनामा र छ महिना बङ्गमतिमा रहन्छन् । पाटनमा झण्डै छ महिना रहदा विभिन्न किसिमका जात्रा पर्व हुनेगरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा