2026-07-25 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारसँग सुआहाराको भेटघाट कार्यक्रम सम्पन्न

फागुन १६, पर्वत । सुआहारा कार्यक्रम तथा गतिविधिको बारेका आइतबार पर्वतमा सुआहाराले पत्रकारसँग भेटघाट एवं छलफल गरेको छ ।

पाँच बर्षको समय अबधीमा जिल्लाका विभिन्न १२ गाविसमा कार्यक्षेत्र बनाइ आफ्नो कार्यक्रम संचालन गर्दै आएको सुआहाराले आफ्नो गविविध तथा उपलब्धीको बारेमा जानकारी गराएको हो ।

हजार दिनका सुनौला आमा तथा शिशुहरुको लागि आवश्यक पर्ने पौष्टीक खाद्यन्न तथा आवश्यक पर्ने विभिन्न प्रकारका खोप तथा स्वास्थ्य सेवा सुविधाको बारेमा जानकारी दिदै आएको सुआहाराले जिल्लामा आफ्ना गतिविधि संचालन भएका गाविसका धेरै परिर्वतन आएको जनाएको छ ।

कुषोषणबाट बालबालिकालाई बचाउनको लागि तथा हजार दिनका सुनौला आमाहरुको लागि लक्षित गरी आयोजना हुने कार्यक्रमबाट जिल्लामा निकै ठूलो परिर्वतन आएको बताएको छ ।

जिल्ला जनसंख्या कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन, महिला तथा बालबालिका कार्यालय, स्वास्थ्य कार्यालय लगाएका सरकारी कार्यालयहरुसँग साँझेदारी गरी आफ्ना कार्यक्रम संचालन गरेको सुआहाराले हजार दिनका सु्नौला महिलाहरुमा बालबालिकाको स्याहारा सुसार, पोषण स्वास्थ्य, जन्मान्तर, प्रस्सुती परिवार नियोजन लगाएतका विभिन्न सचेतना मुलक जानकारी सम्बन्धी जानकारी दिएका कारण पछिल्लो समयमा सचेतना बढेको दाबी गरेको छ ।

हाल जिल्लामा रानीपानी, पाङराङ,बाजुङ, लगाएतका १२ गाविकास गरेको गतिविधिका कारण उक्त क्षेत्रमा शिशुको जन्मान्तर, पोषण समबन्धी ज्ञान, स्वास्थ्य उपचार तथा गर्वअबस्थामा गर्नुपर्ने तथा अपनाउनुपर्ने सजगता, खानपानमा ध्यान, लगाएतका बारेका जानकारी हासिल गरेका कारण कुपोषणको दर कम भएको, जन्मान्तरमा बृद्धि, आफै पौष्टिक आहारा बनाउने सिप लगाएतका बारेमा महिलाहरु सक्षम भएको जनाएको छ ।

पाँच बर्षे कार्ययोजना अन्तरगत सुआहाराले ७३.५ प्रतिशत काम गरेको जलनाएको छ । ७३ लाख ११ हजार ४ सय ९३को कुल बजेट मध्ये ५३ लाख ७ सय ४०को कार्य भएको र जसबाट ६ हजार ८ सय ४४ जना लाभान्वीत भएको जनाएको छ । जसमा १ हजार २३ पुरुष र ५ हजार ८ सय २१ महिला रहेको बताइएको छ ।

सुआहारा पर्वतबाट बाहिरियो
पर्वतमा हजार दिनका सुनौला महिला र बालबालिकाको बारेमा सचेतना गर्दै आफ्नो गतिविधि संचालन गर्दै आइरहेको सुआहारा कार्यक्रम अब भने नुहुने भएको छ । अघिल्ला बर्षमा सुआहारा कार्यक्रमले जिल्लामा काम गर्न नसकेको र भ्रष्टाचार लगाएतका विषयमा अख्तियारी परेका कारण यस बर्षबाट नपर्ने संकेत देखिएको छ ।

४८ जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएको सुआहाराले अन्य जिल्लामा काम गर्नको लागि अनुमति पाएता पनि पर्वतमा भने पुन स्वीकृत नभएपछि जिल्लामा सुआहारा कार्यक्रम रोकिने संकेत देखिएको हो । नवचेतना सामुदायिक विकास केन्द्रका कार्यकारी प्रम्ुख गोपाल दास बैरागीका अनुसार जिल्लामा अब सुआहारा कार्यक्रम नपर्ने देखिएको हो ।

पर्वतमा पार्नको लागि अथक प्रयास भएता पनि पर्वतबाट सुआहारा कार्यक्रम बाहिरन लागेको र यसबाट हजारौ महिला दिदीबहिनी प्रभावीत हुने भन्दै सुआहारा कार्यक्रम ल्याउनको लागि कोसिस भैरहेको तर नआउने संकेत देखिएको उनले बताए । सुआहारा कार्यक्रममार्फत जिल्लामा २६ जना महिला पुरुषले रोजगार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक