2026-07-28 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतेली उद्योगी व्यवसायी भन्छन्– लोडसेडिङले चौपट बनायो

फागुन १६, पर्बत । विद्युत प्रभावित क्षेत्र मानेर लोडसेडिङमुक्त बनाईनु पर्ने पर्वतेली जनताको आवाजको सुनुवाई भएको छैन । सर्वसाधारणको दैनिक जीवन लोडसेडिङले मुश्किल बनाएको छ । यतिखेर दैनिक ७ घण्टा लोडसेडिङ गरिएको छ ।

त्यो भन्दा अझ बढी उद्योगीव्यसायीको उद्योग व्यवसाय चौपट हुँदै छ । फर्निचर, होटल, ईलेक्ट्रोनिक्स, आल्मुनियम, ग्रिल लगायत व्यवसाय चौपट भएको व्यवसायीहरुको गुनासो छ । जिल्ला सदरमुकाममा सामान्य होटलदेखि करोडसम्मको लगानीमा होटल व्यवसाय संचालनमा छन् । करीव ७ करोडको लगानीमा भर्खरै नयाँ डेकोरेशनका साथ आफ्नै नयाँ भवनबाट संचालनमा आएको पुरानो बन्दना गेष्ट हाउसका संचालक कृष्णप्रसाद श्रेष्ठ भन्छन् – लोडसेडिङबाट बच्न भर्खरै २ लाख जति रकम खर्चिएर ईन्भर्टर खरीद गरि ल्याए तर विद्युत नहुँदा फुल चार्ज गर्नै पाईदैन ।

गर्मीको समयमा एसी चलाउन, पानी तान्न पाइएको छैन । अन्य व्यवसायीलाई जस्तै आफूलाई पनि लोडसेडिङले मर्का पारेको छ । भनेजति बजारमा ग्यास पाईएको छैन । विद्युत छैन कसरी खाना पकाएर पाहुनालाई खुशी पार्ने हो ।’ वर्षौ पहिलेदेखि ग्रिल, आल्मुनियम र फर्निचर व्यवसाय संचालन गर्दै आएका श्रीकृष्ण आल्मुनियम उद्योगका संचालक भीमप्रसाद शर्माको पनि उस्तै दुःखेसो छ ।

शर्मा भन्छन्– व्यापार त चौपट भएको छ । भुकम्प, नाकावन्दी र अहिले आएर लोडसेडिङको मार खेप्नै गारो छ । कच्चा पदार्थ पाईदैन । उद्योगमा काम गर्ने ३१ जना कामदारलाई काम छैन । तलव दिईनु परेको छ । वैकले कहिल्यै व्याज मिनाहा गर्ने हैन ।’ व्यवसायी शर्माले विद्युत प्राधिकारणलाई प्रश्न राख्दै भने–विद्युत कार्यालयले एक दिन ढिला भयो भने हर्जना लिन्छ तर जनतालाई भने लोडसेडिङको मारमा पार्न मिल्छ ?’ अर्का ग्रिल व्यसायी शर्मा मेटल उद्योगका संचालक किस्न शर्माको पनि आक्रोश र पीडा कम छैन ।

शर्मा भन्छन् – आठ जना कामदारलाई कामै नगरीकन तलव खुवाएर राख्नु परेको छ । लोडसेडिङमुक्त हुनुपर्छ । हैन भने फेरि आन्दोलन गरिन्छ ।’ ईलेक्ट्रोनिक्स व्यवसायी तथा पर्वत ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष तिला गिरी किस्नको समस्या पनि अन्य व्यसायीको भन्दा फरक छैन । व्यवसायी गिरी भन्छन्– पसलमा बस्ने मात्र काम भएको छ । विद्युत नभएपछि विद्युतिय काम केही हुने हैन ।

व्यवसायमा अत्यन्तै कठिन भएको छ ।’ विद्युत नियमित नहुँदा सवै व्यवसायीहरु मर्कामा परेका छन् । विद्यार्थीको पठनपाठन कार्यमा बाधा पुगेको छ । अति नै कठिन भएपछि लोडसेडिङका विरुद्ध जनताको बाँध टुट्यो । धैर्यताको बाँध टुटे पछि केही दिन पहिले जनता स्वतफुर्त आन्दोलित भए । सडकमा उत्रिए । युवा राजनीतिक नेतृत्वहरुले जनता र उद्योगी व्यवसायीको आक्रोस र पीडालाई बुझेर अगुवाई पनि गरे ।

सडक अवरुद्ध भयो । विद्युत कार्यालय घेराउ गरियो । जनता पुलिसप्रशासन सित जुध्न बाध्य भए । आन्दोलनको अगाडि केही नलागेर राज्य सम्झोैताको तहमा झ¥यो । लोडसेडिङको रुटिङ अलिकति मात्र भए पनि हेरफेर भएको छ । सवस्टेशन निर्माण गरी केही महिनामा लोडसेडिङ कम गर्ने सहमति भएको संघर्ष समितीका संयोजक लक्ष्मण श्रेष्ठ बताउँछन् ।

के भन्छन् लोडसेडिङबारे विद्युतका हाकिम दास
पर्वतमा भएको लोडसेडिङबारेमा विद्युत प्राधिकारण पर्वतका अधिकृत कन्हैयालाल दासले आफूले यहाँबाट केही गर्न नसकिने बताउँछन् । जे हुन्छ । केन्द्रबाट नै हुन्छ । लोडसेडिङ घोषणा गर्ने अधिकार हाम्रो हैन ।

केन्द्रको हो । प्राधिकरणको विभिन्न काम अलगअलग विभागले गर्ने गर्छन् । विद्युत उत्पादन, वितरण, प्रणाली संचालन फरक हुन्छ । लोडसेडिङ हेर्ने प्रणाली संचालन विभागले हो । उनको भनाई थियो । लोडसेडिङका विरुद्ध पर्वतेली जनताले यत्रो आन्दोलन गरे ।

अव त लोडसेडिङमुक्त हुन्छ होला नि भन्ने प्रश्नमा अधिकृत दासले भने– मुक्त नै गर्न अहिले कठिन छ तर दुई घण्टा लोडसेडिङ कम भएको छ । आन्दोलन पछि लोडसेडिङ घटाउन केन्द्रमा पत्राचार भईसकेको छ ।’ केन्द्रले के भन्छ भन्ने प्रश्नमा जवाफ नआईसकेको उनको भनाई थियो ।

पर्वतमा विद्युत उत्पादन र खपत कति ?
जिल्लामा संचालनमा आएका दुई वटा हाईड्रोपावर मोदीखोला जलविद्युत योजना र युनाईटेड तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिले क्रमशः १४ र १० मेघावाट विद्युत उत्पादन क्षमता राख्ने भए पनि हिउदको समयमा यी दुवैको गरेर करीव १० मेघावाट रहेको विद्युतका कर्मचारीको भनाई छ ।

विद्युत खपत भने पुरा धौलागिरिमा मात्र करीव १८ घण्टा रहेको छ । पर्वत जिल्लाबाट मात्र गत वर्ष विद्युत वितरणबाट प्राधिकरणले करीव ९ करोड वार्षिक आम्दानी गरेको थियो ।

लोडसेडिङको मार खेपिरहेका बेला प्रसारण टावर मर्मतको नाममा प्राधिकरणले यही १५ देखि १८सम्म दिनको १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत कटौती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ