2026-07-28 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक हप्ता पहिले मृत्यु भएका श्रेष्ठको समाधिस्थ गरियो

फागुन २१, पर्वत । एक हप्ता पहिले मृत्यु भएका एक युवकको शतगति शुक्रवार मात्र भएको छ ।

घर नजिकै मृत भेटिएका २२ वर्षे सौरभ श्रेष्ठका शुक्रवार मात्र क्रिश्चियन परम्परा अन्तर्गत समाधिस्थ गरिएको पारिवारिक स्रोतको भनाई छ । कुश्मा नगरपालिकास्थित कालीगण्डकी नदि भन्दा केही माथि गोपाङघाटमा समाधिस्थ गरिएको थियो । मृतकका बाबुले छोराको शवको समाधि आफ्नै जमिनमा गर्ने चाहना राखेको भएपनि गाउँले छिमेकीले अवरोध गरेका थिए ।

उनले बाग्लुङ पोखरा राजमार्ग अन्तर्गत कुश्मा नगरपालिका ११स्थित खरेहा भन्ने स्थानमा रहेका भिरपाखो जमिनमा छोराको समाधि राख्न चाहेका थिए तर पछि गाउँले गाउँनजिकै चिहानघाट बनाउन नहुने भनी विरोध जनाएका थिए ।

मृतक श्रेष्ठको समाधिस्थलमा गाउँले छिमेकी कोही पनि सहभागी नभएको बाबु रामकृष्ण श्रेष्ठले बताए । मृतकका बाबु श्रेष्ठका दाजुभाई सवै गरेर नौ मध्य जीवित रहेका ६ जना कोही पनि अन्त्यष्टि कार्यमा सहभागी भएनन् ।

मृतकका आफन्तले मृत्युको कारण खुलाउन प्रहरीलाई दवाव दिन मृतकको शव बुझेका थिएनन्। मृत्युको कारण भने खुल्न सकेको छैन । अनुसन्धानको क्रममै रहेको प्रहरीको भनाई छ ।

आफ्नो छोराको मृत्यु के कारणले हो भनी चिन्तित बाबु रामकिस्न श्रेष्ठलाई अर्को थप चिन्ता प¥यो । त्यो के हो भने उनी क्रिश्चियन धर्म अनुसरण गर्दै आएका हुन् । दवाव दिन शव नबुझ्दै गर्दा मृतकको परिवार क्रिश्चियन धर्मावलम्वी हुँदा शवको अन्त्यष्टि कहाँ गर्ने समस्या थपियो। थप ढिलाई भयो।

प्रहरीले अरु कुरा नखुल्याई पारिवारीक समस्याका कारण शव नउठेको बताउदै आएकोमा शुक्रवार परिवारले शव उठाएको हो । कुश्मा नगरपालिका -११ खरेहा स्थायी घर भएका २२ वर्षे सौरभ श्रेष्ठको फागुन १४ गते मृत अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयले पनि शवलाई त्रिश्चियन धर्मअनुसार सदगति गर्नुपर्ने भएका कारण कहाँ गर्ने भन्ने बारेमा समस्या सिर्जना भएका कारण शव उठ्न नसकेको स्वीकार गरेको छ ।

घरनजिककै आफ्नै जग्गामा शतिगति गर्न परिवारले खोजेता पनि छिमेकीले नदिएका कारण उनको शव उठ्न नसकेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिपक पातलीको भनाई थियो । घटनालाई लिएर प्रहरीले दुई युवालाई पक्राउ गरी अनुसन्धान थालेको बताई रहदा उता मृतकका बाबुले भने ड्राईभर र तीन जना युवाहरु विरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको गुनासो गरेका छन्।

घटनाको प्रकृति अनुसार श्रेष्ठलाई हत्या भएको हो वा लागुऔषधको प्रयोगका कारण भएको हो भन्ने प्रश्नमा प्रहरी निरीक्षक पातलीले त्यसबारेमा भन्न आफुले हतार नगर्ने र अनुसन्धानपछि थाहा हुने बताए । अनुसन्धान कहिले सकिन्छ भन्ने प्रश्नमा भने उनले कर्तव्य ज्यान मुद्धा २० बर्षसम्म चल्ने भएका कारण कहिले सकिन्छ त्यो बताउन नसक्ने भनाई राखे ।

उनको जवाफ सुन्दा श्रेष्ठको हत्या हो वा होइन त्यो भने बुझ्नको लागि २० बर्ष कुर्नुपर्ने देखिन्छ । यो अर्थमा पनि प्रहरीले घटनालाई गंभीर ढंगबाट लिएको देखिदैन । प्रहरीले मृतकको साथबाट सानो बोतलको एक शिसा र केही ट्याव्लेट फेला परेको जनाएको थियो ।

उता मृतकका बाबुले आफू अन्यायमा परेको हुँदा मानवअधिकारकर्मी गुहार्ने बताएका छन् । समाधि गर्ने स्थान नपाउदा मृतकको लाशलाई काठमाडौतिर लैजान लागेको तर प्रहरी र स्थानीय निकाय नगरपालिकाले यतै नै व्यवस्था गर्ने भनेपछि रोकेको मृतकका बाबुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ