2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ जिल्ला अदालतबाट ९ महिनामा सम्वन्ध बिच्छेदका ७६ मुद्दा फछ्र्यौट

बिमल खड्का/चैत्र २५ बागलुङ। पछिल्लो समय पतिपत्नीबीच सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ। लोग्ने बैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै बढे सँगै पतिपत्नी बीच सम्बन्ध बिच्छेद हुने गरेको तथ्याँकले देखाएको छ। महिला मैत्री नेपालको कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको विश्लेषण गरिएको छ। यसरी सम्वन्ध बिच्छेदका घटनाहरु दिनपरदिन बढ्दै जाँदा पारिबारिक बिचल्लीको अवस्था समेत समाजमा देखिएको छ ।

बागलुङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वाधिक सम्वन्ध बिच्छेदका मुद्दा परेको छ । अदालतका अनुसार पतिपत्नी बीच सम्वन्ध बिच्छेदका ७६ मुद्दा परेको हो । महिलाका तर्फबाट ७४ र पुरुषका तर्फबाट २ सम्वन्ध बिच्छेदका मुद्दा दायर भएकोमा सबै फछ्र्याैट भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझै बढ्ने बताईएको छ ।

बागलुङ जिल्ला अदालतबाट प्राप्त तथ्यांक अनुसार गत आबको जिम्मेवारी सरेको १२७ र यहि चैत १९ गते सम्म परेका २७५ गरी जम्मा ४०२ मुद्दाहरुमा २१० फछ्यौँट भएका छन् । तथ्यांक अनुसार २ वर्ष नाघेको १ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।

फौज्दारी तर्फ गत आबबाट सरेको १७ र हालसम्म परेको ६२ गरी जम्मा ७९ मुद्दाहरुमध्य ४० फछ्र्याैट भएका छन् भने देवानी तर्फ गत वर्षको जिम्मेवारी सरेको ६४ र हालसम्म परेको ८७ गरी १५१ मुद्दाहरुमा ५९ थान फछ्र्यौट भएका छन् ।

यसैगरी देवानी फौज्दारी तर्फ गत आवको बाँकी ४६ र हाल सम्म परेको १२५ समेत जम्मा १७१ मध्य चैत १९ गतेसम्म ११० फछ्र्यौट भएको तथ्यांकले देखाएको छ ।

जिल्ला अदालतबाट गत चैत १९ गते सम्ममा १५ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्वन्धी ४ मुद्दा फछ्यौट भएको श्रोतले बतायो ।

श्रोतका अनुसार घरेलु हिँशाका ७, बहु बिबाह ४, अंश सम्वन्धी ४७ मुद्दा छिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो