२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखिल क्रान्तिकारी पर्वतको १९ औं जिल्ला सम्मेलन सम्पन्न

२१ फाल्गुन २०७२, शुक्रबार १३:०३

akhil  krantikaiफागुन २१, पर्बत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतको १९ औं जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।

‘संविधान कार्यान्यन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, शैक्षिक माफिया विरुद्ध संर्घष गर्दै समाजवादी शिक्षा निर्माणका लागि जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन शत्रमा वोल्दै एमाओवादीका केन्द्रिय नेता तथा प्रदेश न. ४ का संयोजक डिलाराम आचार्यले अब मुलुकलाई नेतृत्व गर्ने पार्टी एमाओवादी मात्र भएको दाबी गरेका छन् । मुलुकमा गणतन्त्र ल्याउन र नयाँ संविधान निर्माणमा एमाओवादीको ठुलो योगदान रहेको चर्चा गर्दै उनले मुलुकलाई अब समृद्धिमा लैजाने पनि एमाओवादी भएको बताए ।

एमाओवादीले मुलुकलाई संघात्मक बनाउनदै धरै अग्रगामी एजेण्डा लिएर नयाँ योजना बनाइरहेको भन्दै संविधानलाई कार्यान्यन गर्न अब मुलुकका सबै राजनैतिक पार्टी, जनसमुदाय, विद्यार्थी, युवा, नागरिकहरुले आ आफ्नो तर्फबाट जुट्नुपर्ने धारणा ब्यक्त गरे ।

त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रामचन्द्र अधिकारीले अबको शिक्षा प्राविधीक र वैज्ञानीक हुनुका साथै सामाजवादी शिक्षा निर्माणमा आम विद्यार्थीहरु अखिल क्रान्तिकारीमा गोलबद्ध हुनु आग्रह गरे ।

उनले मुलुकमा धनि वर्ग र निम्न वर्ग विचमा शैक्षिक धरातलको खाडल रहेको भन्दै मुलुकका शैक्षिक माफियाहरुको विरुद्धमा संर्घष गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सम्मेलनमा एमाओवादीका केन्द्रिय सदस्य राजकाजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव पुरन केसी, अखिल क्रान्तिकारीका प्रदेश न.४ संयोजक अमरदिप पराजुली, एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुली, सहिद परिवार तथा अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष मनरुपा शर्मा लगायतका थुप्रै नेता तथा कार्यकर्ताले शुमकामना मन्तब्य ब्यक्त गरेका थिए ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा स्वागत मन्तब्य अखिल क्रान्तिकारीका ऋषिराम पौडेलले र संचालन तुलसीराम आचार्यले गरेका थिए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्य समेत प्रस्तुत भएको थियो ।

सापकोटाको नेतृत्वमा ४५ सदस्यीय कार्यसमितिउक्त जिल्ला सम्मेलनले विजय कुमार सापकोटाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बलराम पौडेल, ऋषिराम शर्मा सचिवमा तुलसीराम शर्मा , कोषाध्यक्षमा सविता आर्चाय र सहसचिवमा राजु नेपाली सर्वसम्मत निर्वाचीत गरेको हो । जिल्लाका विभिन्न विद्यालयबाट सयौंको संख्यामा सहभागि भएका विद्यार्थी प्रतिनिधी पर्यवेक्षकहरुले बन्द शत्रबाट उक्त नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेका थिए ।

महिला सदस्य न्यून
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतको कार्यसमितिमा महिलाको सहभागी भने न्यून रहेको पाइएको छ । ४५ जनाको कार्य समितिमा पनि महिलाको सँख्या भने तीन जना मात्र भेटिएको हो ।

महिलाको सहभागीता ३३ प्रतिशत हुनुपर्ने भएता पनि महिलाको सहभागी भने कम नै देखियो जसका कारण अखिल नेपाल स्वतन्त्र विद्यार्थी य्ुनियन (क्रान्तिकारी) को जिल्लामा महिलालाई अगाडी बढाउन नसकेको स्पष्ट किटान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य