2026-10-29 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

हेलिकप्टरबाट सुत्केरीको उद्धार

सरोज थापा | चैत्र २५, डोल्पा । डोल्पाबाट एक सुत्केरि महिलाको हेलिकप्टरबाट उपचारको लागि उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका २ की फुलमाया बिकको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ ।

गर्भवति रहेकि फुलमायाले बारम्बार चेकजाचका लागि जानकारी दिदा पनि बेवास्ता गरेपछि उच्च रक्तचाफले थला पारेको चिकित्कसहरु बताउछन । एक साता पहिला सालबाट रगत बगेको हुन सक्ने र अबस्था निकै जटिल रहेकोले होसियार रहने भने पनि लापरवाहि गर्दा उच्चरक्तचापले थला पारेको डक्टर अनुप समालले जानकारि दिए । 

बारम्बार चेकजाच गर्न बोलाए पनि नआएको र जिल्लामा पउचार नहुने भए पछि तराइका ठुला अस्पतालमा लैजान सल्लाह दिए पनि नगएकाले गर्भवति आमाको ज्यान जोखिममा रहेको डक्टर समालले बताए । उनले भने जिल्लामा प्रयाप्त उपकरण पनि छैन र जनशक्ति पनि छैन अरु बिरामीका जेनतेन गरियो तर फुलमायाको अबस्था नाजुक रहेकोले जिल्लामा सकिएन । 

उच्चरक्तचापले थला परेकि फुलमायालाई डक्टर अनुपको सक्रियतामा हेलिकप्टरबाट आइतबार नै नेपालगञ्ज भेरि अस्पतलामा उपचारका लागि पठाएको स्टाफनर्स तारा बोहोराले जानकारी दिइन । उलने भनीन हामी सबैले निकै प्रयास गर्यौं तर बिरामीको अबस्था झनै नाजुक हुन थाले पछि क्षेत्रलाई भनेर थप उपचारको डाक्टर अनुपले नेपालगञ्ज रेफर गरेको हो । 

समयमा स्वास्थ्य सम्बन्धी जानकरी नलिने र आर्थिक अभाबका कारण गर्भवति महिलाले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था डोल्पा लगायत हिमाली जिल्लामा आउने गरेको नागरिक समाजको दावी छ । बिरमाी फुलमायाको उपचार नेपालगञ्जमा भै रहेको उनका आफन्तले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम