२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नौ दिन लामो बिस्केट जात्राको तयारी पूरा

२६ चैत्र २०७४, सोमबार ०७:५०

चैत २६ भक्तपुर | भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । 

यसवर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुनेछ । 

बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा र्याली निकालिएको छ । र्याली ले तौमढीबाट शुरु भई नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 

स्थानीय बासिन्दा, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, स्थानीय विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी, स्काउट सुरक्षाकर्मीका तीनवटै निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधि र्यालीमा सहभागी थिए । 

तौमढीमै आएको समापन भएको शान्ति र्याली पछि सम्बोधन गर्दै प्रजिअ पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो । 

उहाँले यसवर्ष जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिएको, जात्रामा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाउने, मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने बताउनुभयो । 

त्यसैगरी भोलिबाट शुरु हुने बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले जात्राको आवश्यक सबै तयारी पूरा गरेको बताउँदै जात्रा १ बजेबाटै सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य