२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बैशाखदेखी आर्थिक गणना

२६ चैत्र २०७४, सोमबार ०८:०९

चिसाङ शेर्पा/चैत्र २६ खोटाङ | खोटाङमा आगामी बैशाखदेखी आर्थिक गणना हुने भएको छ । जिल्लामा सञ्चालित व्यवसायको रेकर्ड राख्ने र आर्थिक नीति निर्माण गर्नका लागि तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले आर्थिक गणना गर्न लागिएको हो । 


नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पार्ने मुल ध्येयका साथमा आगामी बैशाख १ गतेदेखी जेठ ३१ गतेसम्म जिल्लामा सञ्चालित उधोग, व्यवसाय, पसल, होटल, विद्धालय लगायत सम्पुर्ण संघसंस्थाको आर्थिक क्रियाकलाप संकलन गरिने सोमवार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा जनचेतना गोष्टीमा जानकारी गराईएको हो ।

नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग र जिल्ला आर्थिक गणनाले आफ्ना १७ जना गणक खटाएर जिल्लाभरीका आर्थिक एकाईका प्रतिष्ठान तथा व्यवसायहरुको ठेगाना दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा प्रशाखाको स्थिति, मूख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिती, पूँजी लगानी, ऋणमा लगानीजस्ता विवरण संकलन गरिने जिल्ला आर्थिक गणना अधिकृत खगेन्द्र कार्कीले बताए । 

दर्ता नभएका कृषिक्षेत्र वन तथा माछापालन, सार्वजनिक प्रशासन सुरक्षा सम्बन्धि निकाय, अन्तर्राष्ट्रिय संघसंस्थाका क्रियाकलाप र स्वयंम आफैले उत्पादन र आफैले खर्च गर्ने विषयको भने आर्थिक गणना नहुने अधिकृत कार्कीले जानकारी दिए । 

नेपालको तथ्याङ्कीय ईतिहासमा प्रथमपटक गरिने गणना कागजी प्रश्नावली फारामका साथै अनलाईन सर्वेक्षण ई सेन्सस् मार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैंले भर्न सक्नेछन् । गणकमार्फत ट्यावलेट कम्प्युटर प्रयोग गरी गणना गर्न सकिने विधि अपनाईनेछ । यद्यपी, खोटाङमा ठूला आर्थिक क्रियाकलाप नभएकाले ई सेन्सस् र कागजी प्रश्नावली फारामवाट आर्थिक गणना गरिनेछ । 

आर्थिक गणना कार्यक्रम स्वागतयोग्य भएको र सफल बनाउन सवै एकजुट हुनुपर्ने जिल्ला आर्थिक गणना समन्वय समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । आर्थिक गणना निश्पक्ष र पारदर्शि हुनुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाले सुझाव दिए ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो