२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका स्थानीय तहमा चेम्बर अफ कमर्श

२०७४, २६ चैत्र सोमबार ११:३१

चैत २६ खोटाङ | दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरिएको हो । 

केही समयअघि मात्र नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य खुसनारायण सैँजुको अध्यक्षतामा गठन भएको खोटाङ चेम्बर अफ कमर्शमा आबद्ध रहनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकासहित अन्य आठवटा गाउँपालिकामा समिति गठन गरिएको छ । 

सुमन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय दिक्तेल रुपाकोट मझुवागढी चेम्बर अफ कमर्श, किशोर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय हलेसी तुवाचुङ चेम्बर अफ कमर्श, मीना राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुइचुम्मा चेम्बर अफ कमर्श, दीर्घबहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय बराहपोखरी समिति, रावाबेँसीमा खेमराज देउसालीको अध्यक्षतामा तथा जन्तेढुंगामा गणेश उदासको अध्यक्षतामा तथा केपिलासगढीमा भानु तिम्सिनाको अध्यक्षतामा १५ सदस्यीय समिति र पुष्पराज श्रेष्ठको अध्यक्षतामा ऐसेलुखर्क चेम्बर अफ कमर्श गठन गरिएको छ । 

यस्तै, साकेला गाउँपालिकामा शिवकुमार बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति तथा खोटेहाङ गाउँपालिकामा प्रदीप आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित