2026-09-19 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

चैत २७ पर्वत | विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् । 

कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको पुनःनिर्माणमा सहयोग गरेका हुन् । ख्वाँङ्जु महानगरका मेयर युङ जङ् याङ्को नेतृत्वमा आएको टोलीले विद्यालयको निरीक्षण गरी सहयोग गरेका हुन् । 

पहिलो चरणअन्तर्गत पकुवामा निरीक्षण गर्न आएको टोलीले विद्यालयको मर्मतका लागि रु दुई लाख हस्तान्तरण गरेको छ भने आगामी दिनमा विद्यालयको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

विद्यालयमा आयोजित कार्यक्रममा मेयर याङ्ले नेपालमा गएको महाभूकम्प र त्यसले पारेको क्षतिबाट आफूसमेत दुखी भएको बताउँदै पुनःनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कोरियाली सहयोगको प्रशंसा गर्दै आगामी दिनमा कुस्मा नगरपालिकाका सबै क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । 

जिल्लाको मोदी गाउँपालिका डिमुवामा स्वास्थ्य सेवा दिने उद्देश्यले ख्वाँजु क्लिनिक सञ्चालनमा ल्याएर सेवा दिँदै आएको उक्त टोलीलाई समाजसेवी रुद्र शर्मा र पकुवाका वडाध्यक्ष शिव पौडेलले कुस्मा नगरपालिकाको पकुवामा भित्र्याउनुभएको हो । 

यसैबीच पर्वतको कुस्मा नगरपालिका र कोरियाको ख्वाङ्जु महानगरपालिकाका प्रमुखबीच दुइ नगरबीच भगिनी सम्बन्ध स्थापित गराउने विषयमा प्रतिबद्धता जाहेर भएको छ । 

भगिनी सम्बन्ध स्थापित भएमा कुस्माको विकास निर्माण, कला, संस्कृति, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमासमेत ख्वाङ्जुको सहयोग हुने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई