२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि हुने

२७ चैत्र २०७४, मंगलवार ०७:१५

ज्ञानेन्द्र न्यौपाने/चैत २७ रसुवा | विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ । 

लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २९ गते साहित्यिक स्रष्टाद्वारा कविता वाचन गरिने र चित्रकला कोरिने साहित्यकार फुर्पा तामाङले बताउनुभयो । 

कविताका माध्यमबाट दिवंगतहरुको सम्झना गर्ने, लाङ्टाङ पदमार्ग सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र वातावरणका साथै जैविक विविधता संरक्षणमा जागरण ल्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जनाइएको छ । भूकम्पका कारण पहिरो आउँदा १७५ स्थानीयवासी र केही विदेशी पर्यटक तथा पथप्रदर्शकको निधन भएको थियो । 

क्यान्जेन गुम्बा पुनःनिर्माण 

भूकम्पका कारण पूर्णरुपमा क्षति भएको क्याङ्जवेन गुम्बा पुनःनिर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र लाङ्टाङ क्षेत्रको क्याङ्जेन गुम्बा दाताहरुको सहयोगमा निर्माण गरिएको लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले जानकारी दिनुभयो । 

छ सय वर्ष पुरानो क्यान्जेन गुम्बामा भूकम्पले पूरै क्षति पुर्याएपछि ४० वर्ष अगाडिदेखि लाङ्टाङवासीसँग प्रगाढ सम्बन्ध बनाएकी जापानी आया आकासीको रु ९० लाख सहयोगबाट पुनःनिर्माण गरिएको बताइएको छ । 

ऐतिहासिक गुम्बा भएकाले पहिलाको स्वरुप नबिग्रने गरी स्थानीय लामागुरुको प्रत्यक्ष रेखदेखमा ढुंगा काटेर भित्री भागमा सिमेन्ट जडान, बाहिर काटेको ढुंगाको गाह्रो, छानामा काला स्लेट ढुंगा लगाई निर्माण भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । 

गुम्बा निर्माणले स्थानीय बौद्धधर्मावलम्बीलाई नियमित पूजाआजामा सहज भएको समाजसेवी ढिण्डूप तामाङले बताउनुभयो । क्यान्जेन पुग्ने पर्यटकलाई समेत ऐतिहासिक गुम्बा अवलोकन गर्न सहज भएको छ । क्याङ्जेन गुम्बामा होटेलको व्यवस्थापनले अबका दिनमा पर्यटकको आगमन बढ्ने स्थानीय व्यवसायीले अपेक्षा गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा