२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना अनुदान परियोजनाको ९० लाख रुपैयाँअनियमिता

२७ चैत्र २०७४, मंगलवार १५:२८

चैत २७, कालिकोट |  जिल्ला पशु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ ।नेपाल सरकार जिल्ला पशु सेवा कार्यालय कालिकोटले सञ्चालन गरेको आयोजनाले २०७४/०७५ को स्वीकृत प्रस्तावमा वास्तविक किसान नदिएर नक्कली किसानहरुलाई रकम दिएर ९० लाख रुपैयाँ अनियमिता गरेको हो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख,लेखापाल र नक्कली किसानहरु मिलेर आयोजना रकम अनियमिता गरेको पाईएको हो ।अनियमिता गर्नेमा निर्वाचित वडाध्यक्ष, व्यापारी र राजनीतिकर्मीहरुको समेत मिलेमतो भएको पाइएको छ ।तिन लाखसम्म अनुदान पाउने साना किसानहरुको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्जेन्सी भनेर लगेको २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजारसम्म रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए । ‘किसानहरुलाई व्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्टल्जेन्सी नकाट्नु पर्ने हो’ उनले भने,‘कति त नक्कली किसानहरुलाई समेत अनुदान दिएको छ ।’

जिल्लाका ३३ वटा समूह सहकारी अनुदान दिइएको रकममा ३२ वटा समूहबाट १३ हजार ७ सय ७५ हजारसम्म ४ लाख ४० हजार र १ समूहबाट १५ हजार रुपैयाँ समूहबाट पशु सेवा कार्यालयबाट उठाइएको पाइएको छ ।अनुदान लिनेहरुले अनुदानको रकम लगेको भएपनि व्यवसाय सञ्चालन गरेका छैनन् । जिल्ला पशु सेवा कार्यालय प्रमुख ब्रजकिशोर ठाकुर सरुवा भएपनि जिल्लामै फोन सम्पर्क नहुने गरी बसेका छन भने, निमित्त प्रमुख पूर्ण गिरीलाई सम्पर्क गर्न खोज्दा फोन उठाउदैनन् ।

वास्तविक किसानहरुलाई दिनुपर्ने अनुदान रकम कुखुरापालन समूहलाई डेरी सञ्चालन गर्न समेत अनुदान दिइएको छ ।आफुले व्यवसाय सञ्चालन गर्नका लागि अनुदान लगेको भएपनि व्यवसाय सञ्चालन गर्न नसकिएको नरहरीनाथ गाउँपालिका–८ अनिलकुमार बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य