२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनजाति महासंघ बागलुङले गर्यो बिदा कटौतीको विरोध

२८ चैत्र २०७४, बुधबार ०७:०८

चैत २८ बागलुङ | नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गर्नुभयो । 

परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ । 

परिषद्का अध्यक्ष बोमबहादुर गुरुङले सम्बन्धित पक्षसँग परामर्शसमेत नगरी सरकारले एक पक्षीय ढंगले बिदा खारेजीको निर्णय गर्नु दुःखद रहेको बताउनुभयो । 

“देश निर्माणमा ३६५ दिन नै हामी खट्न तयार छौँ”, उहाँले भन्नुभयो, “तर मौलिक पर्वमा दिइने बिदा कटौती जायज छैन ।” 

अध्यक्ष गुरुङले सांस्कृतिक पर्व, रीतिरिवाज राज्यको सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले आदिवासी, जनजाति समुदायको भावनाको कदर हुनुपर्नेमा जोड दिदैं समृद्धिको नाममा संस्कृति र इतिहासलाई बिर्सन नमिल्ने बताउनुभयो । 

महासंघ बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने सहितका विविध माग राखी अहिले शान्तिपूर्ण आन्दोलनमा छ । 

तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार, उधौली, उभौली, माघी लगायतका सांस्कृतिक पर्वमा गरिएको बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने महासंघले जनाएको छ । 

महासंघले विभिन्न समयमा आदिवासी, जनजाति समुदायसँग सरकारले गरेका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै पहिचानको पक्षमा भएका आन्दोलनका क्रममा जेल परेका बन्दीको रिहाइएको माग गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु