2026-09-19 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन २९ देखि चैत्र ५ सम्म रोटर्याक सप्ताह हुने

फागुन २७, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रम यहि फागुन २९ देखि चैत्र ५ गते सम्म गर्ने भएको छ ।

सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालको अबसरपारी आफ्नो सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको बुधबार पत्रकार सम्मेलन गरी क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबले आफ्नो सप्ताहबव्यापी कार्यक्रमको बारेमा सेमत जानकारी दिएको छ ।

स्थापना कालको अबसरमा यस बर्ष उक्त क्लबले फागुन २९ गते आफ्नो उद्घाटन समारोह गर्नेछ । भने ३० गते जनताधन उमावि बलेवाका दृष्टिविहिनहरुलाई घडी प्रदान गर्ने, चैत्र १ मा खौलालाकुरी मावि खौलामा झोला, ड्रेस तथा शैक्षिक सामाग्री वितरण, २ गते मोदीबेमणीमा रहेका बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य उपचार एवं सोलार बत्ती हस्तान्तरण, शिवालय चोकमा ट्राफिक अबार्डनेस कार्यक्रम, चैत्र ३ गते मुडिकुवा ८ रुग्दीमा ह्वेल चियर तथा स्टेचर वितरण, ४ गते शसस्त्र प्रहरी चण्डीका गण्मा उवासंघ पर्वतसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता, ५ गते शिवालय बहुमुखी क्याम्पस कुश्मामा लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता कार्यक्रम र समापन हुने कार्यक्रमका मुल संयोजक रो. कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त कार्यक्रको लागि क्रमशः रो. अन्तिम गुरुङ, उत्तम केसी, अमृत पोख्रेल, कामना रेग्मी, अर्जुन केसी, गोकुल चापागाई, विमल पौडेल, दिनेश तिवारी, र अर्जुनराज पुरीलाई संयोजकको रुपमा चयन गरेको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्नको लागि झण्डै ५ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरीकाएको क्लबका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । क्लबको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न सहयोगी निकाय, व्यापारी, उद्योगी व्यवासायसँग सहयोग माग्ने क्लबले जनाएको छ । उक्त पत्रकार सम्मलेनको संचालन रो. आर् सी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई