२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ३ सातादेखि टेलिफोन सेवा अवरुद्ध

२८ चैत्र २०७४, बुधबार ०८:१९

चैत २८ नुवाकोट | नेपाल टेलिकमको तारमा क्षति हँुदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । 

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् । 

गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ । 

सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । 

त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ । 

“मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडाँैबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो,” शाखा प्रमुख चौधरीले भन्नुभयो, “क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।” 

खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हँुदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । 

तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् । 

फोन सेवा अवरुद्ध हँुदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य