Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतका कृषकले चैतेधानको अनुदान पाएनन्

२०७४, २८ चैत्र बुधबार ०९:५८

चैत २८ पर्वत | चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् । 

चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका हुन्। 

पैयुँका भोर्ले, सरौंखोला, हुवास, त्रिवेणी, बेउलीवास र टकलाकका किसानले चैतेधान लगाउँदैआएका छन्। कृषि तथा सहकारी मन्त्रालयमार्फत गत वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले चैतेधानलाई प्रोत्साहन गर्न प्रतिरोपनी रु २५० का दरले बीउ र मलमा अनुदान दिँदैआएको थियो। 

अनुदान कार्यक्रममार्फत अघिल्लो वर्ष जिल्लाभर रु पाँच लाख रकम वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “हामीले केन्द्रीय कार्यक्रम स्थानीय तहमा पठाएकै हो,” उहाँले भन्नुभयो । 

जिल्लामा सबैभन्दा बढी चैतेधानको खेती पैयुँमा हुन्छ। पैयुँबाहेक फलेवास, कुश्मा र जलजलाको केही क्षेत्रमा चैतेधान फल्छ । किसानले सीएच–४५ जातको चैतेधान लगाउँदै आएका छन् । गत वर्ष सात रोपनी खेतमा चैतेधान लगाएकी पैयुँ–३ बेउलीवासकी भीमा बस्यालले अनुदान रोकिएपछि यस वर्ष चार रोपनीमा मात्रै लगाएको बताउनुभयो । 

गाउँपालिकाले अनुदान रोकेपछि किसानले चैतेधान फल्ने खेतमा मकै लगाएका छन् ।

 पर्वतको २८ हजार ६०० हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे र सात सय हेक्टरमा चैतेधानको खेती हुन्छ। बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैतेधानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि कार्यक्रम नै प्रभावित भएको छ । 

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी अघिल्लो वर्षको गाउँसभा हतार र विषयविज्ञको अनुपस्थितिमै गर्नु परेकाले कृषिलगायत विषयगत विकास बजेटमा कमजोरी भएको बताउनुहुन्छ । आगामी वर्षदेखि प्रोत्साहनमूलक अनुदानका कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली