२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतका कृषकले चैतेधानको अनुदान पाएनन्

२८ चैत्र २०७४, बुधबार ०९:५८

चैत २८ पर्वत | चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् । 

चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका हुन्। 

पैयुँका भोर्ले, सरौंखोला, हुवास, त्रिवेणी, बेउलीवास र टकलाकका किसानले चैतेधान लगाउँदैआएका छन्। कृषि तथा सहकारी मन्त्रालयमार्फत गत वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले चैतेधानलाई प्रोत्साहन गर्न प्रतिरोपनी रु २५० का दरले बीउ र मलमा अनुदान दिँदैआएको थियो। 

अनुदान कार्यक्रममार्फत अघिल्लो वर्ष जिल्लाभर रु पाँच लाख रकम वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “हामीले केन्द्रीय कार्यक्रम स्थानीय तहमा पठाएकै हो,” उहाँले भन्नुभयो । 

जिल्लामा सबैभन्दा बढी चैतेधानको खेती पैयुँमा हुन्छ। पैयुँबाहेक फलेवास, कुश्मा र जलजलाको केही क्षेत्रमा चैतेधान फल्छ । किसानले सीएच–४५ जातको चैतेधान लगाउँदै आएका छन् । गत वर्ष सात रोपनी खेतमा चैतेधान लगाएकी पैयुँ–३ बेउलीवासकी भीमा बस्यालले अनुदान रोकिएपछि यस वर्ष चार रोपनीमा मात्रै लगाएको बताउनुभयो । 

गाउँपालिकाले अनुदान रोकेपछि किसानले चैतेधान फल्ने खेतमा मकै लगाएका छन् ।

 पर्वतको २८ हजार ६०० हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे र सात सय हेक्टरमा चैतेधानको खेती हुन्छ। बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैतेधानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि कार्यक्रम नै प्रभावित भएको छ । 

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी अघिल्लो वर्षको गाउँसभा हतार र विषयविज्ञको अनुपस्थितिमै गर्नु परेकाले कृषिलगायत विषयगत विकास बजेटमा कमजोरी भएको बताउनुहुन्छ । आगामी वर्षदेखि प्रोत्साहनमूलक अनुदानका कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल