२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप

२९ चैत्र २०७४, बिहीबार ०९:४७

चैत २९ नयाँ दिल्ली | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । 

उनी बिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । 

भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुलदिप सिंह र उनका एकजना भाइ विरुद्ध एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । 

त्यससम्बन्धी उजुरी परेकोले प्रहरीले बिहीबारबाट उक्त फाइल अध्ययन गरेको जनाएको छ । तर प्रहरी भने कानुनी रुपमा के कसरी अनुसन्धान अघि बढाउने भन्ने बारेमा त्यति स्पष्ट देखिएको छैन । 

एकाउन्न वर्षीय सांसद सिंह सो प्रदेशको एकजना शक्तिशाली राजनीतिज्ञ हुन् । सोही कारण प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पनि नसकेको भन्दै आलोचना भएको थियो । 

उक्त प्रदेशका मुख्यमन्त्रीले उनलाई नियन्त्रणमा लिन अनुमति नदिएसम्म प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न पनि सकेको छैन । 

उत्तर प्रदेशका प्रहरी प्रमुख ओमप्रकाश सिंहले भने– सांसद सिंहका विरुद्धमा बालिका बलात्कारको मुद्दा परेको छ र यसमा अब प्रहरी कसरी अघि बढ्ने भन्ने बारेमा हामी सल्लाह गरिरहेका छौँ । 

गतवर्षको जुन महिनामा ती बालिकालाई अपहरण गरी बलात्कार गरिएको बताइएको थियो । पछि अनुसन्धानका क्रममा प्रहरीले ती सांसदलाई नियन्त्रणमा लिन सकेको थिएन । 

गतहप्तामात्र ती बालिकाको बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो र निर्घात कुटपिट गरेको बताइएको थियो । प्रहरीको कुटपिटबाटै ती बालिकाका बुबाको प्रहरी हिरासतमै निधन भएको छ । 

ती बालिकाले आफ्ना बुबालाई प्रहरीले ती सांसदका विरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएको र प्रहरीकै कुटाइबाट निधन भएको भन्दै गत शनिबारमात्र उत्तर प्रदेशका मुख्यमन्त्रीको निवासअघि आत्मदाह गर्ने प्रयास गरेकी थिइन । 

यो घटनाले भारतीय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको छ । उनीहरुले प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको भनी समाचार प्रकाशन, प्रशारण गरेका छन् । 

भारतमा यस्ता बलात्कारका घटनामा वर्षेनी बृद्धि भइरहेको बताइन्छ । पछिल्लो वर्षमात्र अर्थात् सन् २०१७ मा मात्र कम्तीमा पनि ४० हजार बलात्कारका घटना दर्ता भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान